‘चंखे शंखे पंखे’ को पहिलो सेट निर्माणमा मात्र १७ लाख खर्च



रंग खबर, काठमाण्डौं । हाल तीब्र गतिमा छाँयाकन भईरहेको फिल्म ‘चंखे शंखे पंखे’ को पहिलो चरणको सेट निर्माणमा १७ लाख खर्च भएको खबर प्राप्त भएको छ । यो नेपाली फिल्म ईतिहासमै सम्भवत सर्वाधिक महंगो सेट रहेको निर्देशक नारायण पुरी र आर्ट डाईरेक्टर राजु पेन्टरको दाबी छ ।

chankhe

फिल्म निर्माण घोषणा भएको दिन निर्देशक सुर्दशन थापाले ८० लाखमा फिल्मको सुटिङ सक्किने बताएका थिए । तर यसको लागत बढेर करोड माथि हुने निश्चित देखिएको छ । यसर्थमा यो बर्षकै सर्वाधिक लगानीमा बनेको फिल्म ‘चंखे शंखे पंखे’ हुने सम्भावना प्रवल देखिएको छ ।

‘ठूला कम्पनीको विज्ञापनको सेटमा बरु यतिको खर्च हुँदैन थियो होला जुन खर्च गरेर हामीले यो सेटका तयार गरेका छौ’, चलचित्र विकास कम्पनीको हलमा सेट तयार गरिरहेका बेला पेन्टरले प्रतिक्रिया दिए । उनी भन्छन् –‘अपार्टमेन्ट र होटलमा तिर्ने पैसा भन्दा बढीमा तीन लाखको अन्तर सेटमा आउँछ त्यसैले राम्रो फिल्म बनाउने हो भने सेटमा लोभ नगर्नुनै बेटर हो जस्तो लाग्छ मलाई । ’

खर्चिलो सेट मा फिल्म खच्निु कत्तिको उपयुक्त हो भनी हामीले सिनेमाटोग्राफर राजेश श्रेष्ठलाई सोध्दा उनले सुन्दर ठूला होटलमा पुग्दा समेत साँघुरो शैलीमा फिल्म खिच्नु भन्दा दुई यसरी चाहे अनुसारको स्पेश र रङ संयोजन गरेर सेट बनाउँदा उत्कृष्ट फिल्म खिच्नु सकिने बताएका छन् ।

chankhe 3

यो सवै कुरा देखेर म त एकछिन् आत्तिए पनि, साढेँ दुई दशकको फिल्मी करिअरमा मैले यस्तो सेट देखेको थिईन र आज काम गर्न पाउँदा साच्चिकै फिल्ममा अभिनय गरे जस्तो लागिरहेको छ । टेलिभिजन सि।ई।ओ।को स्पेशल भूमिकामा खेल्न एनएफडीसी पुगेका निर्देशक नारायण पुरीले प्रतिक्रिया दिएका छन् ।

उक्त सेटमा पुरीको टेलिभिजन हाउसलाई भब्य देखाउन सिईओको रुम देखि लिएर एमसिआर ९मास्टर कन्टोलिङ रुम ० सम्म तयार गरिएको छ जहाँ पुरीले अभिनय गरेका हुन । उनले निर्देशक सुर्दशन थापा र सिनेमाटोग्राफर राजेश श्रेष्ठको काम गर्ने शैलीलाई ठूला भन्ने निर्माताहरुले अनुसरण गर्नुपर्ने पनि बताएका छन् । यस फिल्ममा टेलिभिजन रिपोर्टरको शक्तिशाली भूमिकामा पूजा शर्मा प्रमुख हिरोइन भएर खेलेकी छिन् भने हिरो सुवास थापा चंखेको भूमिकामा, नयाँ कलाकार प्रेम पुरी शंखेको भूमिकामा र निर्देशक थापा चाहि पंखेको भूमिकामा खेलेका छन् ।

यसैगरी अर्की हिरोइन नन्दिता केसी विशेष भुमिकामा छिन् भने फेस भ्यालु भएका राजाराम पौडेल, रामचन्द अधिकारी, रविन्द खड्का तथा श्याम राई, ध्रुब कोइराला सहित स्टेजका चर्चित कलाकार रविन्द झा र प्रमोद अग्रहरी सम्म यो फिल्मका प्रमुख पात्र हुन । डान्सिङ नम्बरको गीतका लागि पुनः एनएफडीसीमा हामी ठूलो सेट लगाउँदैछौ त्यसैले बजेटको बिषयमा अहिलनै यति होला भनेर नबोल्दा नै राम्रो होला । फिल्म उद्योगमा स्थापित हुने उद्देश्य बोकेर भित्रिएका नयाँ निर्माता सन्तोष सेनको भनाई छ । ‘पहिलो फिल्मबाटै म राम्रो मेकर भएर चिनिन चाहान्छु त्यसैले कथाको डिमान्ड अनुसारनै यो सेट यसरी लगाईएको हो’, सेनको भनाई छ ।

chankhe 2

हास्य श्रेणीमा रहेर निर्माण भएको चंखे शंखे पंखेको सुटिङ चलेको ठीक एक महिना पुगेको छ । प्रोडक्सन डाईरेक्टर नविन पुरीका अनुसार थप १५ दिनको छायाँकन पश्चात पुनः एक गीतको छायाँकन सेटमा गरेर सुटिङ प्याकअप हुने छ ।

यस्तै निर्देशक तथा अभिनेता थापाले चाँहि आफ्नो करिअरकै सवै भन्दा उच्च मेकिङ रहेको फिल्म चंखे शंखे पंखे हुने बताएका छन् । उनले नयाँ भएपनि फिल्म मेकिङ बुझेको निर्माता परेको तर्क गर्दै राम्रो फिल्म बन्ने क्रेडिट निर्माता सेनलाई जाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्