नम्रताको कार्यक्रममा राजेशले भने– ‘विवाहित मान्छे हुँ, प्रोडक्शन चालु छ’



रंग खबर, काठमाण्डौँ । प्रसंग हो सोमबार बेलुका नायिका नम्रता श्रेष्ठद्वारा आयोजित प्रेस मिटको । जँहा नम्रताले आफ्नो प्रोडक्शन कम्पनी ‘हाइली हाई इन्टरटेन्मेन्ट’ को घोषणा गरिन् । त्यती नै बेला एकजना संचारकर्मीले महानायक राजेश हमाललाई प्रश्न तेस्र्याइ हाले– ‘तपाई चाँही कहिलेदेखि प्रोडक्शनमा लाग्नुहुन्छ ?’

Rajesh Hamal

सार्वजनिक कार्यक्रममा प्रायजसो गम्भिर भएर बोल्ने राजेशले यसको जवाफ भने ठट्टयौली पारामा दिए । भर्खरै मधु भट्टराईसंग विवाह बन्धनमा बाँधिएका उनले भने– ‘विवाहित मान्छे हु । प्रोडक्शन त भइहाल्छ नि । मेरो प्रोडक्शन चालु छ ।’

उनले यसो भनिरहँदा कार्यक्रम हलमा सहभागिहरु विच हासो छुट्यो । औपचारिक रुपमा यस्तो प्रतिक्रिया दिएका राजेशले अनौपचारिक रुपमा पनि संचारकर्मीहरुसंग यो विषयमा कुरा गर्न भ्याए । उनले आफुहरु बच्चा भएकाले तत्कालै प्रोडक्शन गर्ने बेला नभएको बताए । आफ्नी पत्नी मधु श्रीमतीभन्दा पनि साथी जस्तो रहेको हमालको तर्क थियो । हमालले जे भनेपनि उनको चालु प्रोडक्शन कहिले पुरा हुन्छ त्यो त समयले बताइनै हाल्छ ।

प्रतिक्रिया दिनुहोस्