पूर्व मिस नेपाल माल्भिका बनिन् NYX को ब्राण्ड एम्बेसडर (फोटोफिचर)



रंग खबर, काठमाण्डौँ, पौष ०३– पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बा NYX ब्राण्डको ब्राण्ड एम्बेसडर बनेकी छिन् । विभिन्न कस्मेटिक सामानहरु उत्पादन गर्दै आइरहेको यस ब्राण्डका सामग्री आजबाट नेपालमा पाइने भएको हो ।

malvika di

क्लोथिङ्ग व्यवसायको सफलतापछि एक्सप्रेस नेपालले आधिकारिक रुपमा यस ब्राण्डका सामग्रीहरु नेपाल भित्राएको हो । जसको जानकारी आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी दिइयो । कार्यक्रममा यस ब्राण्डकी एम्बेसडर सुब्बाले भारतबाट ठेलामा हालेर नेपालमा कस्मेटिक सामानहरु भित्रिरहेको यो अवस्थामा यस्तो ब्राण्डको प्रवेश हुन आफैमा सुखद पक्ष रहेको बताइन् । ‘म पनि यो ब्राण्डको एउटा हिस्सा बन्न पाउँदा खुशी लागेको छ’, उनले भनिन् – ‘अब म यस ब्राण्डका कस्मेटिक सामानको बजार प्रवद्धनका लागी दिइएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पुरा गर्ने छु ।’

malvika-di-3

सस्तो, स्तरिय, विश्वव्यापी तथा बहुउपयोगी ब्राण्डका रुपमा परिचित NYX कस्मेटिकका Concealers, lipsticks, glosses, eyeshadows लगायत थुप्रै उत्पादन बजारमा उपलब्ध छन् । हाल राजधानीको दरबारमार्गस्थित राईजिङ मलमा यो ब्राण्डको सामग्रीहरुको खुद्रा विक्री शुरु भएको छ ।

malvika-di-2
malvikda-di-4

प्रतिक्रिया दिनुहोस्