रेखा थापा भन्छिन्- ‘महिला मात्र होइन्, पुरुषपनि हिंसामा छन् तर बोल्दैनन्’ (भिडियो)



विष्णु शर्मा, काठमाण्डौ । नेपालमा अहिले महिला हिंसा विरुद्ध देशव्यापी अभियान चलिरहेको छ । सरकारी र गैरसरकारी दुवै पक्षबाट यसको न्युनिकरणका प्रयासहरु भइरहे पनि यसको समाधान भने हुन सकिरहेको छैन् । यसैबेला चर्चित नेपाली नायिका रेखा थापाले प्रतिकार गर्ने क्षमता भएको खण्डमा कुनै पनि महिलाले हिंसाबाट गुज्रनु नपर्ने बताएकी छिन् ।

Rekha Thapa

विभिन्न कार्यक्रमहरु उत्पादन गर्दै आएको एन्टेना फाउन्डेशनसंग लैंगिक विभेद तथा हिंसाको विषयमा कुराकानी गर्दै रेखाले कसैले गरेको अन्याय सहनु पाप सरह रहेको बताइन् । कमजोर मानिस सधै हेपाईको सिकार बन्ने हुँदा कहिल्यै कमजोर बन्न नहुने उनको तर्क छ ।

यसैगरी रेखाले समाजमा महिलामात्र नभएर पुरुष पनि हिंसामा पर्ने बताएकी छिन् । ‘फरक यत्ति हो पुरुषहरुले खुल्ला रुपमा आवाज उठाउन सक्दैनन् किनभने उनीहरुलाई मर्दाङ्गी चाहिन्छ र भन्न लजाउँछन्’, उनले थपिन् ।

रेखाको नजरमा दृष्टिले पनि महिलालाई हिंसा हुने गरेको छ । ‘म जब टिनेजर थिए र भर्खर ‘हिरो’ भन्ने फिल्म खेल्दै थिए, त्यतीबेला बाटोमा स्कर्ट लगाएर हिड्दा जुन दृष्टिकोणले हेरिन्थ्यो त्यो मलाई हिंसा लाग्थ्या’, रेखाले भनिन् । ‘तर म त्यसालाई तुरुन्त प्रतिकार गर्थे’, उनले भनिन्– ‘त्यसैले सबै महिलाले हिंसाको कडा रुपमा प्रतिकार गर्नैपर्छ । ’

विगत १४ वर्षदेखि नेपाली फिल्म क्षेत्रमा कार्यरत रेखाले फिल्मका माध्यमबाट पनि महिलालाई जागरुक र सचेत गराउने काम गरिरहेकी छिन् । काली, हिम्मतवाली लगायतका उनका पछिल्ला चलचित्रहरु पनि नारीप्रधान नै थिए । ‘मैले अब बनाउने फिल्म ‘रामप्यारी’ पनि नारीप्रधान नै हो’, रेखाले रंगखबरसंग भनिन्– ‘म सधै फिल्म र अभिनयका माध्यमबाट महिला हिंसा रोक्न लागिपर्नेछु । ’
Watch Video Here :-

[its_video]http://youtu.be/Y6O4kTCarQc[/its_video]

 

प्रतिक्रिया दिनुहोस्