सौगात मुख्य भुमिकामा ‘कबड्डी’ को सिक्वेल ‘कबड्डी कबड्डी’ बन्ने !



रंग खबर, काठमाण्डौं । यस वर्षको व्यवसायिक रुपमा सफल भएको फिल्म ‘कबड्डी’ को सिक्वेल बन्ने भएको छ । आगामी फागुनबाट फ्लोरमा जाने गरी तयारी भइरहेको उक्त सिक्वेलको नाम ‘कबड्डी कबड्डी’ रहने स्रोतले जनाएको छ ।

kabaddi

फिल्मका लागी सम्पुर्ण कलाकारहरु फाइनल भइसकेका छन् । सिक्वलमा कबड्डीका केही कलाकारहरू दोहोरिने छन भने अघिल्लो श्रृखंलाका निश्चल वस्नेत तथा राजन खतिवडा हुने छैनन् । अभिनेता सौगात मल्ल भने यस सिक्वलमा मुख्य भूमिकामा हुनेछन। दयाहागं राई र रिश्मा गुरूङ सिनेमामा यथावत रहनेछन।

हाल फिल्मको कथालाई अन्तिम रूप दिने काम भइरहेको बताइएको छ । जानकारी अनुसार फिल्मको दोस्रो भागमा दया र रिश्मा गाँऊ फर्केपछिको कथा हुनेछ। यसमा चुनावको सेरोफेरोमा फिल्मको कथा अघि बढ्ने छ। फिल्मलाई पूर्ण रुपमा मुस्ताङमा छायाकंन गरिने बताइएको छ।

यसपटक पनि फिल्मलाई रामबाबु गुरूङले नै निर्देशन गर्नेछन।

प्रतिक्रिया दिनुहोस्