नेपालकी नम्बर वान फेसबुक सेलिब्रिटी रेखा अब ट्वीटरमा। बाबुरामले पछ्याए



रंग खबर, काठमाण्डौं । आफ्नो फेसबुक फ्यान पेजमा सर्बाधिक लाइक पाएर नेपालकी नम्बर वान फेसबुक सेलिब्रेटीका रुपमा चिनिएकी अभिनेत्री रेखा थापा अब ट्वीटरमा छाएकी छिन् ।

rekha thapa

बौद्धिक व्यक्तित्वहरुको बहस हुुने थलोको रुपमा ट्वीटरलाई लिंदै उनले आफ्नो जनाएकी हुन्। साढे ११ लाख माथि फेसबुक फ्यान पेजमा लाइक पाएकी रेखाले केही सातादेखि मात्रै ट्वीटर अकाउन्ट खोलेकी हुन् । रेखाको फ्यान पेजालाई फेसबुकले यसै साता भेरिफाइड गरेको छ । ट्वीटरमा खोल्ने वित्तिकै रेखालाई पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पछ्याएका छन् । अभिनेत्री थापाको आधिकारीक ट्वीटर अकाउन्ट ‘रेखा फिल्मस्’ मा २ सय ६२ जना फलोअर्स पुगेका छन् ।

रेखाले १ सय ४ जनालाई फलो गरेकी छन् । ट्वीटरमा रेखाले आफुलाई युवा राजनीतिज्ञ फिल्मकर्मी, सामाजिक कार्यकर्ता, नेपली फिल्म निर्माता, निर्देशक, कथा लेखक, कोरियोग्राफर भनी चिनाएकी छिन् । फेसबुकमा रमाउने रेखाले अब ट्वीटरमा रमाउने बताइन् । उनले भनिन्, ‘फेसबुक भन्दा ट्वीटरमा वर्तमान विषयमा बहस बढी हुने पाएँ ।’ फेसबुकमा जस्तै रेखाले ट्वीटरमा पनि आफु र आफ्नो फिल्मको बारेमा जानकारी दिएकी छन् । रेखाले पुष २५ गते सार्वजनिक प्रदर्शनमा आउने आफु अभिनित फिल्म ‘तथास्तु’ बारे ट्वीटर र फेसबुकमा बढी ट्वीट तथा पोस्ट गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्