‘विधवा’ आजबाट देशभर प्रदशर्नमा । मिल्यो एकल रिलिजको अवसर



रंग खबर, काठमाण्डौं, पौष ११– सामाजिक विषय बोकेको फिल्म ‘‘विधवा’ आजबाट देशभर प्रदशर्नमा आएको छ । यो शुक्रवार अन्य कुनै पनि फिल्म रिलिज नभएपछि ‘विधवा’ एकल रिलिज अवसर पाएको छ ।

bidhawa final

मनोज श्रेष्ठ निर्देशित फिल्म ‘विधवा’ मा सोनु घिमिरेको शिर्ष भूमिका छ । सोनु घिमिरेसँगै अभिनेता दीलिप रायमाझी र निर्देशक श्रेष्ठ स्वयम्को पनि यो फिल्ममा अभिनय छ । विभिन्न ठाउँमा च्यारेटी गरिएको ‘विधवा’ सामाजिक सन्देश बोकेको फिल्म हो । यो फिल्मले कुनै पनि दलित विधवा महिलालाई सामाजिक सम्मान दिनुपर्छ भन्ने सन्देश दिन्छ । फिल्मलाई गिरीप्रसाद सुनारले निर्माण गरेका हुन् । आमिर खानको प्रतिक्षित फिल्म ‘पिके’ रिलिज हुने भएपछि नेपाली बिग ब्यानरका फिल्मले पिके प्रदर्शनको दुई साता आफ्नो फिल्मको प्रदर्शन मिति तय गरेका थिएनन् ।

गत साता पनि एकमात्रै नेपाली फिल्म प्रदर्शनमा आएको थियो । गत साता प्रदर्शनमा आएको ‘द रेञ्ज’ नामक फिल्म चर्चामै थिएन । आमिरको ‘पिके’ ले दोश्रो सातामा पनि नेपाली मल्टिप्लेक्स पर्दामा उत्तिकै शोज पाइरहेको छ । नेपाली मल्टिप्लेक्स स्टेशनमा आमिरको ‘पिके’ सँगै रजनिकान्त स्टारर ‘लिंगा’ पनि यो शुक्रबारबाट प्रदर्शनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्