‘आभाष’ को पोष्टर बोकेर संयम दर्शनका लागी पुगे हलेसी मन्दिर



रंग खबर, काठमाण्डौ । आगामी पौष २५ देखि प्रदशर्नमा आउन लागेको फिल्म ‘आभाष’ को सफलताका लागी निर्देशक सुरेन्द्र पौडेल र कलाकार संयम पुरी पोष्टर बोकेर मन्दिर दर्शनका लागी खोटाङको हलेसी महादेवको मन्दिरमा पुगेका छन् ।

samyam puri

एक हातमा पुजाको थाली र अर्को हातमा ‘‘आभाष’ को पोस्टर बोकेको तस्बिर संयमले आफ्नो फेसबुक वालमा पोस्ट गरेका छन् । युवा दर्शक केन्द्रित फिल्म ‘आभाष’ ले यतिबेला प्रचार प्रसारमा पनि तिव्रता दिइरहेको छ । यो फिल्ममा संयमसँगै अभिनेत्री निशा अधिकारी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ र आश्मा डिसीको पनि अभिनय छ । संयम प्रेमिका आश्माले ‘आभाष’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी हुन् । सम्पादक सुरेन्द्र पौडेलको पनि ‘आभाष’ पहिलो निर्देशकिय फिल्म हो । पहिलो फिल्म ‘सायद’ को चर्चा र सफलतासँगै निर्देशक नारायण पुरीका पत्र संयम पनि चर्चामा आएका थिए ।

यद्पी दोश्रो फिल्म ‘पुन्टे परेड’ संयमको चर्चालाई क्याच गर्न सकेन । संयमको चर्चालाई कायम राख्न र आश्मालाई नेपाली फिल्ममा निरञ्तरता दिन ‘आभाष’ सफल हुन आवश्यक छ । ‘आभाष’ लाई गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाहीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्