सालिनदीमा लाग्ने स्वस्थानी मेलामा एक महिनासम्म ‘झोला’ देखाइने



Jholaरंग खबर, काठमाण्डौं । हेरक वर्ष पौष शुक्ल पुर्णिमाको दिनबाट काठमाडौंको साँखुस्थित सालिनदीमा लाग्ने स्वस्थानी मेलामा यसपटक सति प्रथाको ऐतिहासिक कथामा आधारित मौलिक नेपाली चलचित्र ‘झोला’ देखाइने भएको छ । आगामी पौष २१ गतेबाट माघको २० गतेसम्म चल्ने एक महिने मेलामा ‘झोला’ को शो गरिने भएको हो । धार्मिक मेलामा यसरी फिल्मको शो गर्न लागिएको सम्भवत: नेपालमा यो पहिलोपटक हो ।

मंगलवार साँखुमा आयोजित एक कार्यक्रमका बीच सिनेमा युनिट र माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिको सहकार्यमा चलचित्र प्रदर्शनको लागी सम्झौता भएको जानकारी गराईएको थियो । कार्यक्रममा बोल्दै आयोजक समितिका अध्य क्ष दिलिपकुमार श्रेष्ठले ‘झोला’ ले पुरानो नेपाली समाजको नारीहरुको यथार्थ कथा बोलेको र सामाजिक सन्देश बोकेकोले यही फिल्म प्रदशर्नका लागी रोजेको बताए ।

त्यस्तै ‘झोला’ निर्देशक यादवकुमार भट्टराईले महिला हिंसा बिरोधी आवाज बुलन्द गरेको यो फिल्म नेपालीले हेर्नै पर्ने भन्दै सार्वजनिक प्रदर्शनमा आउँदाको समयमा विशेष कारणवस हलमा पुगेर हेर्न नपाएका दर्शकको लागी मेला एक अवसर पनि रहेको जनाए । मेलामा यसवर्ष ३० लाख बढी झत्तजन आउने लक्ष्य लिएको आयोजकले जनाएको छ । यता ‘झोला’ युनिटले करिब ६० हजार भत्तजनले फिल्म हेर्ने अपेक्षा लिएको छ ।

फिल्म प्रदर्शनको लागी बाँसबाट निमिर्त छुट्टै हल तयार हुँदैछ । जहाँ ५ सय सिटको ब्यवस्था रहेको छ । मेलाको समयमा दैनिक पाँच शो सम्म फिल्म देखाउने लक्ष्य लिइएको निर्माण युनिटले जानकारी दिएको छ । ९० मिनेट लामो यो फिल्म हेर्न जम्मा १ सय रुपैँया टिकट शुल्क निर्धारण गरिएको छ । तर वृद्धवृद्धा तथा विद्यार्थीलाई यो शुल्कमा पनि ५० प्रतिशतको छुट दिईने निर्माता राज तिमिल्सिनाले जानकारी दिए ।

साहित्यकार कृष्ण धारावासीको साहित्यिक कृति ‘झोला’ माथी रहेर नै यो फिल्म तयार भएको हो । फिल्ममा मालती शाह, रामगोपाल थापा र सुशिल शाहको लगानी छ भने गरिमा पन्त, सुजल नेपाल, दीपक क्षेत्री, लक्ष्मी गिरी, देशभक्त खनालको मुख्य अभिनय रहेको छ । मेलामा शो चल्दै गर्दा फिल्मका कलाकारहरुको समेत विशेष दिन पारेर उपस्थित गराउने निर्माण टिमले बताएको छ ।


press meet at sali nadi

 

jhola hall spot sali nadi

प्रतिक्रिया दिनुहोस्