बलिउडको फिल्म फेयर अवार्डको अनलाईन भोटिङ मनोनयनमा परे सुनिल थापा



र्रग खबर, काठमाण्डौं । सञ्जय लीला भन्सालीको फिल्म ‘‘मेरी कोम’ मा अभिनय गरेक नेपाली कलाकार सुनिल थापा फिल्म फेयर अवार्डको उत्कृष्ट सह अभिनेताको विधातर्फ अनलाईन भोटिङको मनोनयनमा परेका छन् । यदि अनलाईन भोटिङमा सर्वाधिक मत ल्याएको खण्डमा उनी भारतको ‘फिल्म फेयर अवार्ड’ को मनोनयनमा पर्न सफल हुनेछन् ।

sunil thapa mary com

व्यावसायिक रुपमा समेत सफल बलिउड फिल्म ‘मेरी कोम’ मा सुनिलले बक्सर गुरुको भूमिका निभाएका थिए । ‘मेरी कोम’ मा सुनिलको भूमिका प्रियंका चोपडालाई सिकाउने भूमिका छ । सुनिलले बलिउडवाटै अभिनय यात्रा आरम्भ गरेका थिए । बलिउडबाट नेपाली फिल्मको अभिनयमा चम्किएका थापा विशेषतः राते काइँलाको उपनामले परिचित छन् । तुलसी घिमिरे निर्देशित  ‘चिनो’ ले सुनिललाई ‘राते काइँला’ को उपनाम दिएको हो । नेपाली फिल्ममा सुनिल थापालाई खतरनाक खलनायक मानिन्छ । एक सयको हाराहारीमा नेपाली फिल्ममा अभिनय गरेका थापाले केही नेपाली फिल्ममा लगानी समेत लगाएका छन् । हाल मुम्बईमा रहेका थापा केही दक्षिण भारतीय फिल्ममा पनि काम गर्ने योजनामा छन् ।

बलिउडको प्रतिष्ठित यस अवार्डको ६० औं श्रृङखलामा नेपाली कलाकार थापा मनोनयनमा पर्न सफल भएमा मात्रै उनी भाग्यमानी सावित हुनेछन् । त्यसैले आजै उनलाई अनलाईन भोटिङ गर्ने कि ?

भोट गर्नका लागि यँहा किलक गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्