‘बिर्खेलाई चिन्छस्’ का निर्देशक गिरीले अब ‘जिग्री’ बनाउने



रंग खबर, काठमाण्डौं । ‘बिर्खेलाई चिन्छस्’ निर्देशन गरेर चर्चा बटुलेका निर्देशक अराज केशव गिरीले अब ‘जिग्री’ नामक फिल्म निर्देशन गर्ने भएका छन् ।

araj keshab

‘मेरो जिग्री फिल्मी ग्रामरको डिग्री पास गरेर मात्रै हलमा आउछ, आशा छ बिर्खेलाई झै जिग्रीलाई पनि बिना फिक्री सबैले साथ दिनुहुनेछ’, निर्देशक अराजले भने । उनले यो फिल्मलाई राम्रो बनाउनका लागी कुनै पनि कसरत बाँकी नछोड्ने बताए । गायक, संगीतकार, र्यापर तथा रेकर्डिष्टको रुपमा आफ्नो छुट्टै पहिचान बनाएका अराजले यतिबेला फिल्म निर्देशकको रुपमा पनि नेपाली रजतपटमा राम्रो स्थान बनाउने क्रममा छन् । ‘जिग्री’ को कथा पनि स्वयं गिरीले नै तयार पारेका हुन् ।

jigree for rangakhabar

‘जिग्री’ एक्सन शैलीको रोमान्टिक कमेडी फिल्म बन्ने बताइएको छ । यस फिल्मका लागि कलाकारहरु छनौट भइनसकेको गिरीले जानकारी दिए। फिल्ममा महेश खड्काको संगीत रहनेछ । रोज इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यस फिल्मको छायांकन फागुनको दोस्रो साताबाट शुरु गरिने निर्देशकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्