आयो ‘आभाष’ को रोमान्टिक गीत, रोमान्स गर्दै आश्मा संयमसित (भिडियो)



रंग खबर, काठमाण्डौं । आउँदो पुष २५ गतदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म आभाषको रोमान्टिक गीत सार्वजनिक भएको छ । गीतमा संयम पुरी र आश्मा डिसीको गजबको लभ क्यामेस्ट्री देख्न सकिन्छ ।

aavas final

तिम्रै अंगालोमा बोलको गीतमा रियल लाईफ रोमान्टिक जोडीको रिल लाईफ पनि उस्तै मज्जाको देखिन्छ । सुरेन्द्र डि कार्कीको शब्द तथा संगीत रहेको यस गीतमा इमानी सिंह र सुनिमाको अवाज रहेको छ । सुरेन्द्र पौडेल निर्देशित पहिलो चलचित्र आभासमा संयम र आश्मासँगै निशा अधिकारी र सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायत कलाकारको पनि मुख्य भुमिका रहेको छ ।

पुरुषोत्तम प्रधानले खिचेको यस सिनेमालाई गोविन्द शाही, पवन शाही र दीपक शाहीले मिलेर बनाएका हुन् । चलचित्रको प्रोमोसनमा यतिबेला कलेज कलेज धाईरहेको यस चलचित्रको युनिट आफ्नो चलचित्रलाई टिन एजर र युवापुस्ताले रुचाउनेमा विश्वस्त देखिन्छ ।

सार्वजनिक गरिएको चलचित्रको नयाँ गीत यस्तो छ :-

[its_video]http://youtu.be/dreUoMu99go[/its_video]

 

प्रतिक्रिया दिनुहोस्