रिस्तासंग पहिलो भेटमै गौरवको मन रमेपछि…(भिडियो)



रंग खबर, काठमाण्डौं, पौष १८– संचारकर्मी सुब्रत आचार्यको पहिलो निर्देशकिय फिल्म ‘अधकट्टी’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘ओ ए ओ’ बोलको सो गीतमा फिल्मकी नायिका रिस्ता बस्नेत र गौरव पहारीलाई फिचरिङ गरिएको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको यस भिडियो गीतमा रिस्ता र गौरवको गजबको लभ क्यामेस्ट्री देख्न सकिन्छ । यो गीतलाई राजन इशानी र सुवानी मोक्तानले गाएका छन् । राजन आफैले संगीत भरेको यस गीतलाई रन्जित आचार्यले लेखेका हुन् ।

[its_video]http://youtu.be/vFc8yS7XU9A[/its_video]

प्रदिप कुमार उदयको प्रस्तुतीमा तयार भएको यस फिल्ममा रिस्ता र गौरवबाहेक विल्सन विक्रम राई, आशिष्मा नकर्मी, प्रदिप बाँस्तोला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । हरिघले लामाको छायांकन रहेको यस फिल्मका सम्पादक बनिस शाह हुन् ।

यस्तै , यस फिल्मको अष्ट्रेलिया टिजर पनि सार्वजनिक भएको छ । टिजरमा गौरवलाई ‘कन्फ्युज’, प्रदिपलाई ‘लुज’ र विल्सनलाई ‘खन्चुवा’ पात्रका रुपमा देखाइएको छ । टिजरलाई दर्शकले रुचाएका छन् ।

[its_video]http://youtu.be/g6j1X7PXvvM[/its_video]

प्रतिक्रिया दिनुहोस्