दाङमा एचआइभी संक्रमित बालबालिकाको सहयोगार्थ ‘सम्बोधन’ को च्यारिटी शो



रंग खबर, काठमाण्डौं । ‘होस्टेल’ र ‘जेरी’ जस्तो सफल फिल्म बनाएर चर्चा कमाएका निर्देशक हेमराज वि.सी.द्वारा निर्देशित फिल्म ‘सम्बोधन’ को दाङमा च्यारिटी शो सम्पन्न भएको छ ।

namrata shrestha

एचआइभी संक्रमित बालबालिकाको सहयोगार्थ स्थानिय दाङस्थित गणेश मन्दिरमा आयोजित च्यारिटी शोमा निर्माता सरोज न्यौपाने, निर्देशक विसी र नायिका नम्रता श्रेष्ठलाई सम्मान समेत गरियो । च्यारिटी शो संगै यस फिल्मको देशव्यापी प्रचारप्रसार अभियान दाङबाट शुरु भएको निर्देशक विसीले बताए ।

आगामी माघ १६ गते देखि सार्वजनिक प्रदशर्नमा आउने यस फिल्मले देशका मुख्य शहरहरुमा पत्रकार सम्मेलनको आयोजना समेत गर्ने भएको छ । देशभत्तिको कथा भन्ने यस फिल्ममा नम्रतासंगै प्रशान्त ताम्राकार, विनय भट्ट र दयाहाङ राईको पनि मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्