यसकारण ‘आभाष’ ले पायो पिजी सर्टिफिकेट, १६ वर्षमुनिकाले अभिभावक लिएर जानुपर्ने



रंग खबर, काठमाण्डौं । आउँदो शुक्रबार अर्थात पौष २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘आभाष’ सेन्सर पास भएको छ । सम्पादक सुरेन्द्र पौडेल निर्देशित यो फिल्मलाई चलचित्र जाँच पास समितले पिजी प्रमाण पत्र उपलब्ध गराएको छ ।

aavash pg

पिजी प्रमाण पत्र प्राप्त फिल्म हेर्न १६ वर्ष मुनिका दर्शकले हलमा अभिभावकको साथमा जानुपर्ने प्रावधान छ । तर, सेन्सर सम्बन्धी बनेकोे प्रावधान कागजमा मात्रै सिमित छन् । कलाकार सलोन बस्नेत र नव नायिकाको टङ किसका कारण सेन्सरले ‘आभाष’ लाई पिजी प्रमाण पत्र उपलब्ध गराएको निर्देशक पौडेलले बताए । उनले भने, ‘फिल्मको कुनै पनि दृश्य तथा संवादमा सेन्सरले कैंची चलाएको छैन । सेन्सर सदस्यबाट राम्रो प्रतिक्रिया पाएका छौं ।’

युवा दर्शक लक्षित फिल्म ‘आभाष’ मा निशा अधिकारी, संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी, प्रकृती श्रेष्ठ र सुनिल रावलको मुख्य भूमिका रहेको छ । फिल्म ‘आभाष’ लाई गोविन्द शाही, पवन शाही र दीपक शाहीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्