निर्देशक अधिकारीको आज जन्मदिन, रेखालाई पहिलो केक खुवाउँदै ‘तथास्तु’ को शुभकामना



रंग खबर, काठमाण्डौं, पौष २१– अभिनेता, लेखक, निर्देशक तथा निर्माता आकाश अधिकारीको आज ३७ औं जन्मदिन परेको छ । चक्रपथमा रहेको आफ्नै रेड किन्डल स्टुडियोमा उनले केक काटेर आफ्नो जन्मदिन मनाए ।

akash_dai_birth_day-(1)

आगामी पौष २५ देखि सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘तथास्तु’ कि नायिका रेखा थापा र निर्देशक सविर श्रेष्ठ पनि सो अवसरमा सहभागी थिए । ‘तथास्तु’ को सफलताको शुभकामना दिँदै आकाशले आफ्नो जन्मदिनको पहिलो केक रेखालाई खुवाएका थिए । त्यसपछि रेखा र सविरले सँयुक्त रुपमा आकाशलाई केक खुवाउँदै जन्मदिनको शुभकामना दिए । स्मरणरहोस्, ‘तथास्तु’ को पोष्ट प्रोडक्शन कार्य निर्देशक अधिकारीकोे रेड स्टुडियोमै भएको हो ।

rekha_akash_sabir final

आकाशले जन्मदिनको अवसरमा रंग खबरसंग कुराकानी गर्दै चाँडै नँया फिल्म लिएर आउन लागेको समेत बताए । ‘स्क्रिप्टको काम भइरहेको छ, फिल्मको विषयमा अन्य कुरा चाँडै सार्वजनिक गर्ने तयारीमा छु’, उनले भने ।

पन्छी, क्रोध, काठमाण्डु लगायतका फिल्म निर्माण तथा निर्देशन गरिसकेका निर्देशक अधिकारीले निर्देशन गरेको पछिल्लो फिल्म ‘कोहिनुर’ हो । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अभिनय रहेको उक्त फिल्मले ऐतिहासिक व्यापार गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्