निर्देशक सुनारले महानायकसंग नवनायिकालाई लिएर ‘रंगीला’ बनाउने



रंग खबर, काठमाण्डौं । निर्देशक लक्ष्मण सुनारको निर्देशनमा फिल्म ‘रंगीला’ बन्ने भएको छ । फिल्ममा महानायक राजेश हमाल अन्य भन्दा फरक भुमिकामा देखिने बताइएको छ ।

rangeela

एस ब्यानरमा बन्न लागेको यो फिल्ममा हमालसंगै रेन थापा नायिकाको रुपमा देखिने भएकी छिन् । रेनले यसअघि फिल्म ‘एउटा साथी’ मा सानो भुमिका निभाएकी थिइन् भने दुई दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । हाल यस फिल्मको गीत रेकडिङको काम अन्तिम चरणमा रहेको बताइएको छ । एक्सन र प्रेमको विषयमा आधारित रहने यस फिल्मलाई गम्भीर धोज जीसीको लगानी रहने छ । फिल्ममा सम्राट बस्नेतको एक्सन, शहिल खड्काको म्युजीक रहने छ ।

फिल्मको छायाङकन यही फागुन बाट सुरु हुने निर्देशक सुनारले जानकारी दिए । निर्देशक सुनारले यसअघि ‘हनीमुन नाइट’ र ‘तरङ’ भन्ने फिल्म संगै ५० बढी म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्