कहाँ– के मा व्यस्त छन् त दिलिप रायमाझी अहिले ?



अनिलदेब राई, झापा । वेरोजगार युवाहरु सहजै रुपमा राजनितिक “दल र वल” मा प्रयोग हुन्छन् । “दल र बल” युवाहरुको गतिलो र भर पर्दो आय—आम्दानीको स्रोत नभएतापनि त्यसभित्र उनिहरुलाई नेताहरुले प्रयोग गर्छन र राजनितिक धरातलमा राम्रो आम्दानीको मेलोमेसो बनाउँछन् ।

agnii (1)

परिवर्तनको संम्वाहक हुन युवाहरु । ठुल—ठुला परिवर्तनहरु युवाहरुले गरेका छन तर सकारात्मक सोच र चिन्तनमा । तर, हाम्रा समाजमा यस्ता प्रबृत्ति अझैपनि यथावत छन । युवाहरु जिवनमा सकारात्मक कार्यमा कठोर सर्घष गरेर मात्र सफलता हात पर्दछ भन्ने कुरामा रत्तिभर बिश्वास गर्दैनन् । बरु ति युवाहरु खुल्ला संसारको देखावटी पनको नक्कल गर्छन् र अनि रमाउँछन् । वास्तबिक संसार के हो बुझेर या नबुझेर बिना परिक्षम र मिहेनत जिवनमा संम्पन्न अनि खुशी हुन चाहान्छन् ।

यी र यस्तै बिषयलाई समेटेर समाजको युवाहरुलाई लक्षित बनाएर फिल्म “अग्नि” निर्माण हुने भएको छ । नेपाली रजपटमा दर्वीलो पहिचान बनाइसकेका निर्देशक उदय सुब्बाको निर्देशनमा बनिरहेको यस फिल्मको हाल झापाको सुन्दर रमणिय स्थलहरुमा छायाँकन भइरहेको छ । नायक दिलिप रायमाझी, जीवन लिम्बु, उदय सुब्बा, रामकृष्ण न्यौपाने, सृजना सुब्बा, संजय न्यौपाने, देवकुमार चौधरी लगायतको कलाकारको टोली हाल यो पौष महिनाको चिसो मौसममा झापाको बिर्तामोड, चारआली जङ्गल, इलामको कन्याम, फिक्कल, धरान, दोमुखा लगायतका सुन्दरस्थानमा छायाँकनमा ब्यस्त छन् ।

जय श्री वुढासुब्बा फिल्सस प्रा.लि. द्धारा प्रस्तुत हुन लागेको “अग्नि” लाई दिलप्रकाश याक्खा (टाईगर) ले निर्माण गर्ने भएका छन् । यस फिल्ममा कथा पनि निर्देशक सुब्बाकै छ । भुपेन्द्र लिङ्गदेन (मन्त्रि) ले प्रस्तुत गर्ने भएका छन् । ज्ञानु सुब्बाको नृत्य, द्धन्द्धमा जनक सुब्बा, संगितमा बिकाश चौधरी, गायनमा बादल लिम्बु लगायत छन् ।

agni

एक्सन र अनुसन्धानत्मक ढङ्गमा निर्माण भइरहेको यस फिल्मको काठमाण्डौ, चितवन, धनकुट्टामा समेत छायाँकन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्