गीत बाहेक ‘हाउ फन्नी’ को छायांकन सकियो (फोटोफिचरसहित)



रंग खबर, काठमाण्डौं । तीन वटा गीत बाहेक निलु डोमा शेर्पाको निर्देशनमा बनिरहेको फिल्म ‘हाउ फन्नी’ को छायाँकन सकिएको छ । गत मङ्सिर २० गतेबाट सुरु भएको यो फिल्मको छायांकन यही आइतबार सकिएको हो ।

how funny 6

अब फिल्मको तीन वटा गीत भने खिच्न बाँकी छ । मौसम अनुकुल बनाएर चाँडै नै तीन गीत खिचिने निर्देशक निलुडोल्मा शेर्पाले बताइन् । मिस नेपाल, मोडल, नायिका एवं प्रस्तोता माल्भिका सुब्बाको कार्यकारी निर्माण रहेको फिल्म ‘हाउ फन्नी’ मा प्रियंका कार्की, केकि अधिकारी, दयाहाङ राई, अनुप बिक्रम शाही, निशा अधिकारी र शिशिर राणाको मुख्य भूमिका रहेको छ । छायाँकनको अन्तिम दिन प्रियंका, दयाहाङ र केकीले टेक दिए । शान बस्न्यातको लेखन रहेको यो ‘हाउ फन्नी’ मा प्रियंका र केकीलाई जासुसको भूमिकामा देख्न पाइनेछ । मनोरञ्जन सँगै सामाजिक सन्देश दिने फिल्म ‘हाउ फन्नी’ ले नारी हितको विषयमा पनि बोल्नेछ ।

शुटिङका क्रममा खिचिएका हाउ फन्नीका केही तस्विरहरु :-

how funny 5
how funny 4
how funny 3
how funny 2
how funny 1

प्रतिक्रिया दिनुहोस्