पप-गायक झिल्के बादल अब ‘मार हान्नेले’ लिएर आउँदै



रंग खबर, काठमाण्डौं । पछिल्लो समय पप गायनको क्षेत्रमा चर्चित गायक बादल प्रसाई अब नयाँ गीत लिएर आउने तयारीमा छन् । उनले भर्खरै ‘मार हान्नेले’ बोलको गीत रेकर्ड गराएका छन् ।

badal prasai final

काठमाण्डौको पुतलीसडक स्थित ओपस नाईन स्टुडियोमा रेकर्ड गरिएको यस् गीतमा बादलसंगै गायिका सना महर्जनले पनि साथ दिएकी छिन् । यस गीतमा शब्द तथा संगीत महेश ज्ञवालीको रहेको छ भने गीतको एरेन्ज दिनेश श्रेष्ठको रहेको छ ।

यसअघि बादलले ल्याएको ‘झिल्केले धन्कायो मादल’ र ‘मैले फुलको हत्या गरे’ बोलका गीतहरु अहिलेसम्म चर्चामा छन् । ‘झिल्के’ बोलको गीतसंगै उनलाई ‘झिल्के बादल’ का रुपमा पनि चिनिन थालिएको छ । ‘अब ‘मार हान्नेले’ बाट पनि दर्शकको मनमा बस्ने आशा राखेको छु’, बादलले भने ।

झिल्के’ बनेर ‘फुलको हत्या’ गरिसकेका गायक बादल प्रसाईँ अब भने मार हान्ने दाउमा छन् ।

प्रतिक्रिया दिनुहोस्