जापानी फिल्मलाई ‘सुर्यमुखी फूल’ बनाएर नेपालमा देखाइने (फोटो र भिडियोसहित)



रंग खबर, काठमाण्डौं । योशीहिरो ओइकावाद्वारा निर्देशित जापानी फिल्म ‘हिमावारी’ नेपाली भाषामा ‘सुर्यमुखी फूल’ शिर्षक दिएर अनुवादित गरिएको छ । नेपाली नाम दिएर जापानी फिल्म पहिलो पटक  नेपालमा प्रदशर्न हुने भएको छ ।

3 (1)

यो फिल्मलाई अब नेपाल र जापान दुवै देशमा देखाउने तयारी गरिएको छ । नेपाली यूवाहरुले उच्च शिक्षा अध्ययनका लागी जापानलाई राम्रो गन्तव्यको रुपमा लिने गरेका छन् । दुवै देशका यूवाहरुले एकअर्काको संस्कृतिलाई आदानप्रदान समेत गर्नेगर्छन् । तर यो संगसंगै दुवै देशविच संस्कृतिमा गलत बुझाई पनि रहेकाले यो फिल्मलाई नेपालीमा अनुवाद गरेर देखाउन लागिएको बताइएको छ ।

31

सादातोशी ओशिहिरो, कोदा यमादा र योशिका गिनोजाको सँयुक्त लेखन रहेको यो फिल्ममा योजो नगतसुका, केन्टा सुगा, रेना नौनिन र सकि फुकुदा लगायतका जापानी कलाकारहरुलाई फिचर गरिएको छ । १ सय १० मिनेट लामो यो फिल्मको कथा अमेरिका र जापानविचको विश्वयुद्धविच घुमेको छ । फिल्म आगामी जनवरी २६ देखि रिलिजमा आउने जानकारी दिइएको छ ।

‘अनुवादित फिल्मलाई पहिला जापानमा देखाउने छौं’, एशिया फ्रेन्डशिप एशोसिएसनका अध्यक्ष अनोज शाक्यले भने । शाक्य विगत २५ वर्षदेखि जापानमा रहेर फिल्म अनुवादकै काम गर्दै आएका छन् । एशिया फ्रेन्डशिप एशोसिएसन पनि संस्कृति आदानप्रदान सम्वन्धि संस्था रहेको बताइएको छ ।

यसैगरी नेपालका लागि फिल्मको वितरक पक्का नभइसकेको बताइएको छ । नेपाल र जापानसंगै यो फिल्मलाई नेपालीको वसोवास रहेको विभिन्न देशहरुमा पनि प्रिमियर गर्ने तयारी भइरहेको बताइएको छ ।

Watch Video Here :-

[its_video]http://youtu.be/UT10gbgKV8Q[/its_video]

 

प्रतिक्रिया दिनुहोस्