निताको सम्झनामा मुकेशले यसरी गाए ‘मेरो प्यार’ (भिडियो)



रंग खबर, काठमाण्डौं । आफ्नो जन्मदिनको अवसर पारेर निर्माता सुशिल साहले फिल्म ‘धुन’ को नयाँ गीत ‘मेरो प्यार’ रिलिज गरेका छन् । ‘धुन’ आगामी चैत्र ६ गतेदेखि सार्वजनिक प्रदशर्नमा आउँदैछ ।

dhoon poster1

सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार मुकेश ढकाल मुख्य फिचरिङमा रहँदा उनलाई जीवन लुईंटेल, नीता ढुङ्गाना, श्रेया दुलाल, उमावेवी लगायतले साथ दिएका छन् । गीतमा स्वरुपराज आचार्यको स्वर रहेको छ भने शब्द र संगीत लक्की सिटौलाको रहेको छ । यसअघी सार्वजनिक भएको ‘केहि पल’ बोलको गीतले अहिले राम्रो चर्चा पाइरहेको छ । ‘अब यो नयाँ गीतबाट पनि निकै आशावादी छु’, फिल्मका निर्देशक कृष्ण पौडेलले भने ।

मालती शाह प्रस्तुतकर्ता रहेको यो चलचित्रमा सुशिल शाह, बिनोद भट्ट, श्रेया दुलाल र मधुसुदन भट्टराईको लगानी छ । सांगितिक प्रेम कथामा आधारित यो फिल्मको सांगितिक पक्ष उत्कृष्ट रहेकोले पनि रिलिज पश्चात फिल्मले दर्शकको राम्रो साथ पाउने निर्माता भट्टको दाबी छ ।

Watch Song Here :-

 

[its_video]http://youtu.be/QGBqPxpLhf4[/its_video]

 

प्रतिक्रिया दिनुहोस्