रेखालाई हेर्न छविराज पुगे सिनेमा हलमा (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । शुक्रवारदेखि उत्साहपुर्वक प्रदशर्न भइरहेको रेखा थापा स्टारर फिल्म ‘तथास्तु’ को आइतवार राजधानीस्थित क्युज सिनेमा हलमा विशेष शो आयोजना गरियो । शोमा केही पत्रकार र चलचित्रकर्मीलाई निम्त्याइएको थियो ।

rekha and chabi

निर्देशक सविर श्रेष्ठको निम्तोलाई स्वीकारेर निर्माता छविराज ओझा पनि रेखाको फिल्म हेर्न सहभागि भए । तर रेखा र छविको सम्बन्धविच्छेद भएपश्चात सम्बन्ध राम्रो छैन् । त्यसैले रेखाको फिल्म हेर्न छविले देखाएको उपस्थितीले एकछिन त शोमा सहभागी सबैलाई अचम्मित तुल्याएको थियो । छवि आफै पनि शुरुमा रेखालाई देखेर केही असजिलो मान्दै थिए । तर पछि छविले रेखालाई फिल्मको सफलताको बधाई दिँदै हात मिलाए र एकसाथ तस्विर पनि खिचाए । रेखा र छविको सम्बन्धविच्छेद पछिको यो दुर्लभ दृश्यले माहोललाई एकछिन रमाईलो बनाएको थियो ।

फिल्म हेर्न अभिनेत्रीहरु जेनिशा केसी, प्रियंका कार्की, वेनिशा हमाल, हाँस्यकलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौला लगायतको समेत सहभागिता रहेको थियो । फिल्म हेरिसकेपछि सहभागि चलचित्रकर्मीहरुले सन्देशमुलक बनेको भन्दै राम्रो प्रतिक्रिया समेत दिए।

rekha final

महिला हिंसा र बलात्कारको विषयलाई उठाएको यस फिल्ममा रेखासंगै सुवास थापा, किशोर खतिवडा र विज्ञान जोशीको पनि मुख्य अभिनय रहेको छ ।

press show

deepak and dipa

प्रतिक्रिया दिनुहोस्