नाट्य प्रतिभालाई उजागार गर्न १० मिनेट नाट्य मेलाको आयोजना गरिने



sarwanam theaterरंग खबर, काठमाण्डौं । युवा पुस्ताको रंगमञ्चप्रति बढ्दै गएको रुचि र रंगमञ्चको अभावमा गुम्सिएर रहेका नाट्य प्रतिभालाई उजागार गर्ने उद्धेश्यका साथ सर्वनाम थिएटरले १० मिनेट नाट्य मेलाको आयोजना गर्ने भएको छ । सम्भवतः यो नाट्या मेला आउदो फागुन महिनामा आयोजना हुनेछ ।

नेपाली रंगमञ्च तथा रंगकर्मप्रति नयाँ  पुस्ताको लगाव र जुझारुपनलाई बढाउन यो मेलाले भुमिका खेल्ने विश्वास लिइएको छ । मेलमा सहभागीको लागि कुनैपनि उमेर समुह वा बिषय बस्तुको सिमा तोकीएको छैन । देशव्यापी रुपमा आयोजना हुन लागेको यस नाट्य मेलाको मुल उद्देश्य भनेको रंगकर्ममा आफ्नो कल्पनाशीलता र प्रतिभा देखाउन इच्छुक रंग प्रेमीहरुलाई स्थल र माध्यम उपलब्ध गराउनु हो ।

नाट्य मेलामा पालना गर्नुपर्ने नियमहरु यस्ता छन :- 

– नाट्य प्रस्तुतिको अवधि अधिकतम १० मिनेट वा सो भन्दा कम हुनुपर्नेछ । प्रस्तुति तोकिएको समय भन्दा लामो भएमा सोही क्षण रोक्न लगाइनेछ ।

– नाटक प्रस्तुतिमा न्युनतम सेटिङ र सामाग्री (प्रप्स) को प्रयोग गर्नुपर्नेछ । प्रस्तुति पश्चात २ देखि ३ मिनेट भित्र सहभागीले (समुहर व्यतिm) मञ्च खाली बनाइ सक्नुपर्नेछ ।
– नाटक प्रस्तुतिलाई चाहिने प्राविधिक पक्ष (ध्वनि, प्रकाश, प्रोजेक्सन, मञ्च सामाग्री) को परिचालन गर्न सहभागी आफैले व्यवस्थापन गर्नुपर्नेछ । सो कार्यको लागि आयोजकबाट पर्याप्त सहकार्य मिल्नेछ ।
– नाट्य मेलामा सहभागी हुन आउंदा तथा प्रस्तुतिमा लाग्ने सम्पूर्ण लागत तथा खर्च (परेको खण्डमा) सहभागी आफैले व्यहोर्नु पर्नेछ । साथै उपत्यका बाहीरका सहभागीको हदमा मेला अवधीमा भर –   सहभागीले आफ्नो खाना बस्नको ब्यस्वथा स्वयम आफैले गनुपर्नेछ ।
– नाटक प्रस्तुति एकल वा समुहगत हुन सक्नेछ ।
– नाटकको कथा तथा विषयवस्तु तोकिएको हुने छैन । यद्दपी नाटक कसैको ब्यक्तिगत जिवनमा असर पार्ने खालको र अश्लिल शब्दको प्रयोग गर्न भने पाइने छैन । साथै कार्यक्रममा सहभागीताका लागी – – दर्ता गराउन आउंदा आफ्नो नाटकको छोटो कथासार आयोजकलाई अनिवार्य रुपमा बुझाउनुपर्नेछ ।
– सहभागीताका लागी पेशागत रंगकर्मी वा अनुभव हुनपर्ने आवश्यकता छैन । यद्दपी कार्यक्रम भन्दा अघि हुने प्रारम्भिक छनोट प्रक्रियामा आफ्नो नाटक प्रस्तुत गर्नुपर्नेछ । र सोहीबाट आयोजकले नाटक    छनोटको बारेमा निर्णय गर्नेछ ।

नोट – १० मिनेट नाटक मेलामा सहभागिता जनाउन फागुन १ भित्र सर्वनाम थिएटरमा सम्पर्क गरिसक्नुपर्नेछ । समय सिमा सकेपछी आएका सहभागीता लाई मान्यता दिनेछैन ।
सहभागिता प्रत्यक्ष रुपमा वा उपलब्ध गराइएको इमेल ठेगानाबाट पनि गर्न सकिनेछ ।
-नाट्य मेलामा व्यक्तिगत वा संस्थागत रुपमा भाग लिन सकिनेछ ।
– नाट्य मेलामा भाग लिन सहभागीले रु १०र( दस्तुर बुझाउनु पर्ने छ ।
– नाट्य मेलाको कार्यक्रम तालिका छनोट पछि उपलब्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्