रेखासंग जुध्दा फेरी आर्यनको फिल्म चलेन, देखिएन रेखाको अगाडी आर्यनको क्रेज



रंग खबर, काठमाण्डौं । गएको शुक्रवारबाट तीन नेपाली फिल्महरु प्रदशर्नमा आए । तर हामी यहाँ दुई फिल्मको कुरा गर्दैछौ, त्यो हो रेखा थापा अभिनित ‘तथास्तु’ र आर्यन सिग्देल अभिनित ‘अलविदा’ । नेपाली फिल्म नगरीका चर्चित दुश्मन मानिने रेखा र आर्यनको फिल्म एकसाथ जुध्ने भएपछि यसलाई महत्वका साथ हेरिएको थियो । एकअर्काको बारेमा कुरा गर्न र संगै फिल्म खेल्न पनि नरुचाउने यि जोडीको फिल्म जुध्नुलाई ठुलो प्रतिष्पर्धाको रुपमा लिइएको थियो । यो संगै रेखा र आर्यन मध्ये कसको स्टारडम माथि देखिने हो र कसको फिल्मले बाजी मार्ने हो भन्ने चर्चा पनि चल्यो ।

rekha aryan final

तर यि दुईविचको प्रतिष्पर्धा सोचेजस्तो भएन । रेखाको ‘तथास्तु’ ले राजधानी र मोफसलका विभिन्न ठाँउमा सबैभन्दा राम्रो र उत्साहजनक व्यापार गरिरहँदा आर्यनको ‘अलविदा’ भने निराशपुर्ण रह्यो । ‘अलविदा’ भन्दा माथि युवा पुस्तालाई टार्गेट गरेर निर्मित फिल्म ‘आभाष’ ले राम्रो व्यापार गर्यो । शुक्रवार र शनिवार राजधानीको विभिन्न हलमा रंग खबर आफैले गरेको स्थलगत रिपोर्टिङमा पनि सविर श्रेष्ठ निर्देशित ‘तथास्तु’ को व्यापार सबैभन्दा माथि देखियो भने गोविन्द शाही निर्मित ‘आभाष’ को पनि सन्तोषजनक नै थियो । तर हसन खान निर्मित ‘अलविदा’ हेर्ने दर्शकको संख्या भने निकै नै कम रह्यो ।

नेपालमा कुनै पनि फिल्म चल्यो या चलेन भन्ने कुराको निर्धारण बिदाको दिन भएकाले शनिवारको व्यापारलाई लिने गरिन्छ । तसर्थ शनिवार रेखाको ‘तथास्तु’ ले देशभर आक्रमक व्यापार गरिरहँदा आर्यनको ‘अलविदा’ ले दर्शकको साथ पाएन । एकातिर रेखाको स्टार पावरका कारण फिल्मले दर्शकको साथ पाइरहँदा ‘अलविदा’ मा आर्यनलाई हेर्न दर्शकको क्रेज देखिएन् । यसअघि मंसिरमा प्रदशर्न भएको आर्यनको ‘नाइके’ पनि यसरी नै फ्लप भएको थियो । लगातार एउटा चर्चित कलाकारको दुई फिल्म फ्लप भएपछि अब आर्यनको स्टारडम र क्रेजमाथि प्रश्नचिन्ह खडा भएको छ ।

tathastu rocks

त्यसो त  वि.स. २०६८ साल असोज २५ गते रेखा अभिनित फिल्म ‘अन्दाज’ संग जुधेको आर्यनको ‘मेरो लभ स्टोरी’ पनि असफल नै भएको थियो । यसरी रेखासंग आर्यनको फिल्म जुध्दा पनि सधै रेखा नै अगाडी देखिइन् । हुन त आर्यन पनि रेखा फिल्मस्कै ब्यानरमा निर्मित ‘किस्मत’ बाट रेखाले नै डेब्यु गराएको नायक हुन् । तर दुश्मनी शुरु भएपछि यि दुईलाई फिल्म नगरीमा प्रतिष्पर्धीको रुपमा पनि हेरिने गरिन्छ ।

एकसाथ फिल्म प्रतिष्पर्धामा आउँदा भने सधै रेखाले नै आर्यनलाई उछिन्ने गरेपछि अब यसलाई के भन्ने । रेखाको अगाडी आर्यन सधै जिरो, रेखा नै हुन् त हिरो ?

प्रतिक्रिया दिनुहोस्