तन्नेरीले बनाउँदा नयाँ धार, हामीजस्ताले बनाउँदा पुरानो भन्नु गलत : निर्देशक संग्रौला



रंग खबर, काठमाण्डौं । आगामी माघ २३ देखि सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘लाग्ने मान्छे’ का निर्देशक लय संग्रौलाले फिल्ममा कथा राम्रो र मान्छेलाई तान्न सक्ने क्षमता भयो भने त्यो फिल्म चल्ने तर्क दिएका छन् । एक टेलिभिजनसंगको अन्तरवार्ताको क्रममा उनले नयाँ र पुरानो धारमा विश्वास नराख्ने बताए ।

laya sangraula

‘तन्नेरीले खेल्ने बित्तिकै नयाँ धारको भन्ने, नाम बिगारेर अंग्रेजी राख्ने बित्तिकै नयाँ धारको भन्ने अनि हामी जस्ता परिपक्व मान्छेले नेपाली शिर्षकमा सिनेमा बनायो भने पुरानो धार भन्ने , त्यो सोच्ने तरिकै गलत छ’, उनले भने– ‘फिल्म नबुझ्ने मान्छेहरुको भनाई यस्तो हुन सक्ला, तर मलाई यस्ता कुरामा विश्वास छैन् ।’

दिलिप रायमाझी र नन्दिता केसीको मुख्य अभिनय रहेको ‘लोग्ने मान्छे’ सबै तहतप्का र वर्गहरुले हेर्ने फिल्म बनेको निर्देशक संग्रौलाको दाबी छ । उनले नारी र पुरुष दुवैले यो फिल्म हेर्न आवश्यक रहेको बताए ।

निर्देशक संग्रौलाले आफ्नो कलाकार दिलिपलाई सदाबहार स्टारको रुपमा प्रशंसा समेत गर्न भ्याए । उनले भने– ‘दिलिप रायमाझी हिजो पनि स्टार थिए, आज पनि हुन् र भोलि पनि हुनेछन् ।’ त्यस्तै फिल्मकी नायिका नन्दिताको जिवनमा पनि यो फिल्म कलाकारिताको एउटा टर्निङ पोइन्ट हुने बताए । ‘नन्दिताले कन्फर्म पुरस्कृत हुने भुमिका भेट्नभएको छ’, उनले भने ।

उत्तम केसी परिकल्पनाकार रहेको फिल्म ‘लोग्ने मान्छे’ मा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, बनिश शाहको सम्पादन रहेको छ ।

भिडियो अन्तरवार्ता हेर्न तलको लिंक क्लिक गर्नुहोस् :-

[its_video]http://youtu.be/eJg42jM038o[/its_video]

प्रतिक्रिया दिनुहोस्