फागुन ८ मा आउने एक्सन प्रधान फिल्म ‘आवेग’ को डबिङ धमाधम



रंग खबर, काठमाण्डौं । एक्सन प्रधान फिल्म ‘आवेग’ को डबिङ शुरु गरिएको छ । आउँदो फागुन ८ लाई प्रदर्शनको मिति तय गरेको यस फिल्मको अहिले डबिङ कार्य धमाधम भइरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिएका हुन् ।

aabeg dubbing

आर्यन सिग्देलको मुख्य अभिनय रहेको यस फिल्मलाई दर्शकको रुची अनुसार बनाएको भन्दै दर्शकले रुचाउनेमा विश्वस्त रहेको निर्देशक निरौलाले बताउँदै आएका छन् । आर्यनका दुई एक्शन सिनेमा ‘नाईके’ र ‘अलविदा’ ले राम्रो व्यापार नगरिरहँदा ‘आवेग’ बाट आर्यन एक्सनमा जम्ने कुरामा निर्देशक निरौला विश्वस्त छन् ।

केही हप्ताअघि सार्वजनिक भएको ‘आवेग’ को ‘सोल्टिनी नाचेको क्या राम्रो’ बोलको गीत अहिले चर्चामा छन् । यस फिल्ममा आर्यनसँगै पबित्रा आचार्य, धुर्व दत्त र अर्चना देलालाको पनि मुख्य अभिनय रहेको छ ।

यसैगरी यो फिल्मले नेपालको प्रदर्शन मिति तय भएसँगै बेलायत सहित युरोपका करिब आधा दर्जन देश, अष्ट्रेलिया तथा अमेरिकामा समेत प्रदर्शनको मिति तय हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्