तीन जोडीलाई फिचरिङ गरिएको ‘नाइ नभन्नु ल ३’ को शीर्ष गीत यस्तो (भिडियो)



रंग खबर, काठमाण्डौं । वर्षकै प्रतिक्षित फिल्म मानिएको ‘नाई नभन्नु ल ३’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘नाई नभन्नु ल’ बोलको उक्त गीतमा तीन जोडीलाई फिचरिङ गरिएको छ ।

nai navannu la 3

गीतको सुरुवातमा चर्चित बालकलाकार अनुभव रेग्मी र सफलता भट्टराईलाई कृष्ण र राधाको भेषमा देखाइएको छ । त्यसपछि आर्यन सिग्देल र प्रियंका कार्कीको जोडीलाई रोमान्टिक अवतारमा देखाइएको छ । सुरज सिंह ठकुरी र संचिता लुइँटेलको जोडी पनि भिडियोमा देखिएका छन् ।

aryan and priyanka

तीनवटै जोडीको केमेस्ट्री मिलाइएको यो सुमधुर गीतलाई सबैले रुचाउने विश्वास राखिएको छ । सुन्दा जति आनन्द मिल्ने र हेर्दा पनि आखालाई त्यतिनै सितलता प्रदान गर्ने किसिमले तयार पारिएको यस गीतमा शब्द र संगीत बसन्त सापकोटाको रहेको छ भने स्वर संयोग योगी , राजेश पायल राई र रजिना रिमालको रहेको छ । गत बर्षको बल्कबष्टर फिल्म ‘नाइँ नभन्नु ल २’ बाट गायकका रुपमा प्रेम परियार भित्रिएका थिए भने यसबाट संयोग भित्रिएका छन् ।

suraj sing and sanchita

मुस्कान ढकालले निर्देशन गरेको यस फिल्मको निर्माता ‘नाइँ नभन्नु ल’ को पहिलो र दोश्रो सिरिजलाई निर्देशन गरेका विकास आचार्य हुन। फिल्म चैत्र २७ गतेबाट सार्वजनिक प्रदशर्नमा आउँदैछ ।

Watch Song Here :-

 

[its_video]http://youtu.be/xqDN-ltKW3Q[/its_video]

 

प्रतिक्रिया दिनुहोस्