चार मिनेट नाचे बापत प्रियंकाले लिइन् १.२५ करोड पारिश्रामिक !



रंग खबर, काठमाण्डौं । यदि तपाई बलिउड खबरहरु संग अपडेट रहिरहनु हुन्छ भने तपाईलाई थाहा हुनुपर्छ कि बलिउडका चर्चित सेलिब्रेटीहरु शाहरुख खान, सलमान खान र प्रियंका चोपडाले जुनसुकै फेन्सी अवार्डमा प्रस्तुती दिए बापत १ देखि ३ करोड बिचको रकम लिने गरेको बताइन्छ । भर्खरै आयोजित भारतको स्टार गिल्ड अवार्ड समारोहमा प्रस्तुति दिए बापत नायिका प्रियंका चोपडाले १.२५ करोड (भारु) रकम पारिश्रामिक लिएको भारतीय संचारमाध्यममा खबर छ ।

priyanka chopra

प्रियंकाले त्यत्ती पारिश्रामिक लिनु कुनै नौलो होइन् । तर चार मिनेटको नृत्य प्रस्तुत गरेबापत मात्र उनले त्यत्ती रकम पाएको भन्ने खबरले अहिले बलिउड तातेको छ । सो चार मिनेटको प्रस्तुतीको लागि प्रियंका र उसको समुहले राम्रै अभ्यास गरेको बलिउड लाइफको खबरमा उल्लेख छ ।

फिल्ममा अभिनय गरेर भन्दा पनि कलाकारहरुले स्टेजमा अभिनय गरेर कमाउने गरेको बताइन्छ । जसको पछिल्लो उदाहरण प्रियंका बनिन् । कि कसो ?

प्रतिक्रिया दिनुहोस्