वैशाख ११ मा आउने ‘रेशम फिलिली’ को ‘लिरिकल’ अडियो गीत सार्वजनिक



रंग खबर, काठमाण्डौं । आगामी वैशाख ११ देखि सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘रेशम फिलिली’ को ‘लिरिकल’ अडियो गीत सार्वजनिक भएको छ ।

resham filili

कालिप्रसाद बाँस्कोटाको संगीत रहेको ‘जालमा’ बोलको गीत सुन्दा टिपिकल लाग्छ । गीतमा संगीतकार बाँस्कोटा र सोमिया बराईलीको स्वर छ भने शब्द संगीतकार र मानस राजको छ । प्रणव जोशीको लेखन तथा निर्देशन रहेको  फिल्म ‘रेशम फिलिली’ मा विनय श्रेष्ठ, कामेश्वर चौरासिया र मेनुका प्रधानको अभिनय छ ।

भी मोसन पिक्चर्सको निर्माण रहेको रेशम फिलिली कमेडी फिल्म हो । फिल्ममा माधव वाग्लेको लगानी रहेको छ ।

गीत सुन्न तलको लिंक क्लिक गर्नुहोस् :-
[its_video]http://youtu.be/2lwAATHvUmE[/its_video]

 

प्रतिक्रिया दिनुहोस्