गायिका राईको स्वरमा विमलेश र रिमाको ‘मायाको गहिराई’ । भिडियो हेर्नुहोस्



रंग खबर, काठमाण्डौं । विगत सात वर्षदेखि नेपाली संगीत क्षेत्रमा संघर्ष गरिरहेकी गायिका तयाहाङ्मा राईले दास्रो एल्बम ‘तराना’ लिएर श्रोतामाझ आएकी छिन् । डा. किरातसंग औपचारीक रुपमा ४–५ वर्ष संगीत कक्षा लिइसकेपछी उनले दोश्रो एल्बम लिएर आएको बताइन् ।

tayahangma rai (14)

उता वाल्यकालमा गायिका तयाहाङमालाई गायनमा भन्दा नृत्यमा बढी सोख थियो । तर स्कुलमा हुने कार्यक्रमहरुमा स्टेजमा गीत प्रस्तुत गर्दा आफ्ना साथिहरुले गायनमा राम्रो रहेको बताएपछी बिस्तारै गायनमा लागेको गायिका तयाहाङमाले बताइन् ।

२०६७ सालमा आधुनिक गीत स्वर परिक्षा पास गर्दै २०६८ सालमा लोकतन्त्र दिवसमा आयोजित काठमाडौमा राष्ट्रब्यापी गायन प्रतियोगीतामा प्रथम भएकी थिइन् । पाँच गीत र एक म्युजिक ट्रयाक समावेश रहेको सो एल्बममा राज सागरले संगीत दिएका छन् । एल्बममा आधुनिक र सेन्टिमेन्टल गीतहरु समावेश रहेको गायिकाले जानकारी दिइन् । उनले भनिन्– ‘मैले राम्रो गर्ने प्रयास गरेको छु, सबैले सुनेपछि मनपराउनु हुनेछ भन्ने विश्वास छ ।’

tayahangma rai (6)

एल्बममा ‘आऊ तिमी’, ‘जिवनसंग’, ‘जसलाई देवता’, ‘मायाको गहिराई’ र ‘कोही छ’ बोलको गीत समावेश गरिएको छ । देवता बोलको गीत एल्बममा भने म्युजिक ट्र्याकपनि समावेश गरिएको छ ।

यस्तै एल्बममा समावेश ‘मायाको गहिराई’ बोलको गीतको भर्खरै सार्वजनिक गरिएको छ । प्रशन्न पौडेलले निर्देशन गरेको म्युजिक भिडियोमा अभिनेत्री रिमा विश्वकर्मा र बिमलेश अधिकारीको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् भने बिदुर पाण्डेले खिचेका हुन् । अन्य गीतको पनि म्युजिक भिडियो तयार भइरहेको बताइएको छ ।

गायिका राईले विगत दुईवर्ष अगाडी पहिलो एल्बम ‘तिम्रो याद’ सार्वजनिक गरेकी थिइन् जसमा ७ गीत समावेश थिए ।

Watch Song Here :-
[its_video]http://youtu.be/8F9Pdhb1tAg[/its_video]

 

प्रतिक्रिया दिनुहोस्