आमाको जन्मदिनमा आउने भयो सदाबहार अभिनेता भुवन केसीको आत्मवृतान्त



रंग खबर, काठमाण्डौं । नारी प्रसङ्गका कारण धेरै पटक स्क्यान्डलमा फसेका अभिनता हुन् , भुवन केसी । अब यिनै सदाबहार अभिनेताको आत्मवृत्तान्त आउने भएको छ जँहा उनको नारी प्रसङ्गको विषयमा जवाफ पाइने छ ।

bhuwan kc 2

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मार्फत प्रकाशक घोष्ट राइटिङ नेपालले सो आत्मवृतान्तको विषयमा जानकारी दिएको हो । कार्यक्रममा घोस्ट राइटिङ नेपालले अभिनेता केसीलाई आत्मकथा प्रकाशन गर्न अनुमती दिए वापत २ लाख ३५ हजार प्रदान समेत गर्यो ।

भुवनको उक्त पुस्तक आगामी चैत २२ गते उनको आमा बिन्दु केसीको जन्मदिनको अवसरमा सार्वजनिक गर्ने तयारी गरेको समेत जानकारी दिए । भुवनले आफ्नो तीस दशकको फिल्मी यात्रा र एक दशकको सांगितिक यात्रा सहित बालापनको कथालाई कितावमा हुबहु उतार्न कुनै कन्जुसाई नगरेको बताएका छन् । ‘मैले कुनै पनि कुराहरुलाई बनावटी ढंगमा ब्यक्त गरेको छैन त्यसैले यो आत्मकथा राम्रो बनेको विश्वास लिएको छु’, उनले भने ।

bhuwan kc

कार्यक्रममा भुवनकी आमा पनि सहभागी थिइन् । भुवनको केटीसंगको स्क्यान्डलको विषयमा संचारकर्मीहरुले आमालाई पनि सोध्न भ्याए । ‘गोपिनी आफै पछि लाग्छन् भने कृष्णलाई के दोष ’ छोराको केटी स्क्यान्डलको विषयमा आमाको जवाफ यस्तो थियो ।

प्रतिक्रिया दिनुहोस्