महेशले अमेरिकाबाटै सार्वजनिक गरे ‘दिनमा रातमा’ (हेर्नुस् भिडियो)



रंग खबर, काठमाण्डौं । बिदेशमा रहेर पनि स्वदेशी गीत–संगीतलाई माया गर्ने र यसमै रमाउने थुप्रै छन् । ति मध्यका एक हुन् महेश क्षत्री । अमेरिकामा बस्दै आएका उनले उतैबाट एक नेपाली गीत तयार गरेर सार्वजनिक गरेका छन् ।

song

‘रातमा दिनमा…’बोलको उक्त गीतमा भिडियो पनि तयार भएको छ । सुनिल गिरीको शब्द संगीत रहेको गीतकमा स्वर महेश आफैले भरेका छन् । रोशन र श्रृजनाले अभिनय गरेको भिडियोमा अन्जानमा बसेको प्रेम र त्यसले दिने पिडा देखाउन खोजिएको छ । भिडियोलाई केदार र जोन बस्नेतले निर्देशन गरेका हुन् भने छायांकन पदक के.एस र मिग्मा तामाङले गरेका छन् । यो गीत अमेरीकामा आयोजित नेपाली फिल्म ‘ठुली’ को बिशेष शोमा अभिनेता जिवन लुईटलले सार्वजनिक गरेका थिए ।

गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस् :-

[its_video]http://youtu.be/oJDlSjVS7Ek[/its_video]

 

प्रतिक्रिया दिनुहोस्