‘लोग्ने मान्छे’ गीतमा दिलिप र नन्दिताको यस्तो प्रेम । भिडियो



रंग खबर, काठमाण्डौं । आगामी माघ २३ मा देशव्यापी प्रदशर्नमा आउने फिल्म ‘लोग्ने मान्छे’ को अर्को सेन्टिमेन्टल गीत सार्वजनिक गरिएको छ । ‘तिमी भरि पोखिए छु’ बोलको यस गीतमा फिल्मका मुख्य कलाकार दिलिप रायमाझी र नन्दिता केसी फिचरिङ छन् ।

nandita dilip

चर्चित गायक स्वरुपराज आचार्यको स्वर रहेको यस गीतमा चेतन सापकोटा संगीत रहेको छ । निर्देशक लय संग्रौला आफैले यो गीत लेखेका हुन् । गीतमा दिलिप र नन्दिताको गजबको ‘लभ क्यामेस्ट्री’ पाइन्छ । सुमधुर यो गीतलाई दर्शकले रुचाउने विश्वास निर्माण पक्षको छ ।

कृष्ण श्रेष्ठले खिचेको यस फिल्मलाई बनिश शाहले सम्पादन गरेको हुन् । फिल्मको निर्माण परिकल्पना उत्तम केसीले गरेका हुन् । यो फिल्ममा प्रदिप मित्तलको लगानी रहेको छ ।

गीत हेर्न यो लिंक क्लिक गर्नुहोस् 

 

प्रतिक्रिया दिनुहोस्