‘रेशम फिलिली’ लीरीकल गीत : युट्युबबाट एक सातामा एक लाख बढीले सुने



रंग खबर, काठमाण्डौं । गएको माघ ०१ गते युट्युबबाट सार्वजनिक गरिएको फिल्म ‘रेशम फिलिली’ को ‘लीरीकल अडियो गीत’ एकसातामा एक लाख भन्दा बढी पटक क्लिक भएको छ ।

resham filili

कालिप्रसाद बाँस्कोटाको संगीत रहेको ‘जालमा’ बोलको गीत सुन्दा टिपिकल लाग्छ । सो गीतलाई सर्वाधिक दर्शकले रुचाएको पाइएको हो । यो समाचार तयार पारुन्जेलसम्म सो गीतको अडियो मात्र सुन्ने भिवर्सको संख्या एक लाख चार हजार ६७ रहेको थियो । यति छोटो समयमा फिल्मको लिरिकल गीत मात्र रुचाउने यत्ति धेरै दर्शक भेटिएपछि निर्माता माधव वाग्ले दंग भएका छन् । ‘गीतमात्र होइन फिल्मनै दर्शकले रुचाउँछन् भन्ने आशा छ’, उनले भने ।

गीतमा संगीतकार बाँस्कोटा र सोमिया बराईलीको स्वर छ भने शब्द संगीतकार र मानस राजको छ । प्रणव जोशीको लेखन तथा निर्देशन रहेको फिल्म ‘रेशम फिलिली’ मा विनय श्रेष्ठ, कामेश्वर चौरासिया र मेनुका प्रधानको अभिनय छ ।

भी मोसन पिक्चर्सको निर्माण रहेको यो कमेडी फिल्म आगामी वैशाख ११ बाट देशव्यापी प्रदशर्नमा आउँदैछ । जसरी गीतले दर्शकको मन जित्यो, त्यसरी फिल्मले जित्ला या नजित्ला ? त्यो त समयले नै बताउँछ । कि कसो ?

सर्वाधिक रुचाइएको ‘रेशम फिलिली’ को गीत यस्तो छ  :-
[its_video]http://youtu.be/2lwAATHvUmE[/its_video]

 

प्रतिक्रिया दिनुहोस्