संचारकर्मी आचार्यको दोश्रो फिल्म ‘बर्दी’ जेठ ८ मा आउने



रंग खबर, काठमाण्डौं । सञ्चारकर्मी कुमार आचार्यले निर्माण गरेको दोस्रो फिल्म ‘बर्दी’ आगामी जेठ ८ गतेबाट देशभर प्रदशर्नमा आउने भएको छ ।

IMG_4131

विजयविक्रम बस्नेतले निर्देशन गरेको यो फिल्ममा कुशल थापा, रुपा खनाल, अनु शाह, वीरेन डिसी, आरपी भट्टराई, शिव खड्का, सरोज शाह, म्याण्डी बाबु, भानु प्रताप लगातयका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा गीता आचार्य, प्रवेश आचार्य र करुणा आचार्यको पनि लगानी रहेको छ ।

IMG_4167

सुरक्षा निकायको उपस्थिति नहुँदा समाजको अवस्था विकराल किसिमको हुन्छ भन्ने सन्देश बोकेको यो फिल्ममा कुमार महर्जनको द्वन्द्व रहेको छ । फिल्ममा पुरुषोत्तम बस्नेत, दिपेश गौतम र अनिला खड्काको गीत, विकास चौधरीको संगीत, प्रदीप श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा गणेशकुमार श्रेष्ठको छायांकन रहेको छ । फिल्मका उपत्यका वितरक सुनिल मानन्धर हुन् ।

संचारकर्मी कुमारले यसअघि फिल्म ‘मानव’ निर्माण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्