अभिनयका अलावा फिल्म निर्माणमा कलाकारहरु । को सफल, को असफल ?



विकास लामिछाने (रंग खबर) काठमाण्डौं ।

‘नाफा नहुने भए कसैले लगानी गर्छ’, अभिनय अफर पाउन छाडेपछी ‘बरदान’ चलचित्र बनाउदै गर्दा अभिनेत्री रेजिना उप्रेतीले भनेकी थिइन् । तर यो भनाई उनकै जिवनमा उल्टो भयो । अर्थात उनले बनाएको चलचित्र ‘वरदान’ले नराम्रोसंग घाटा ब्यहोरो । त्यसपछि उनले निर्मात्री हुने आँट गरिनन् ।

रेजिनाले निर्मात्री हुने आट नगरे पनि अहिले चलचित्र क्षेत्रमा थुप्रै सेलीब्रेटी छन् जो निर्माणमा देखिएका छन् । ति मध्यकी एक अभिनेत्री करिष्मा मानन्धर पनि हुन् । ‘ढुकढुकी’ र ‘बाबुसाहेब’ बनाएकी करिष्मा यी चलचित्रको ब्यवसाहिक असफलताले ६ वर्ष अमेरिका पलाएन भइन् । केही पहिले स्वदेश फर्किएकी उनि अहिले गोपीकृष्ण्ँ मुभिजसंगको सहकार्यमा चलचित्र निर्माण गर्दैछिन् ।

rekha, rejina, karishma and namrata

त्यस्तै करोडपति, नेपाली बाबु, म तिमीबिना मरिहाल्छु नी, साथी म तिम्रो जस्ता चर्चित चलचित्र निर्माण गरेका अभिनेता भुवन केसी पनि अहिले ‘ड्रिम्स’को तयारीमा छन् । छोरालाई हिरो लिएर यसको निर्देशन उनी आफैले गर्न लागेका हुन् । अभिनेता सुवास थापाले बिर्खेलाई चिन्छस् बनाए । यसबाट ठुलै सफलता हासिल नगरेपनि लगानी भने उठाउन सफल भएको बताउँछन् । अहिले उनी अर्को फिल्म ‘माई नेम इज पशुराम’ निर्माणको तयारी गरिरहेको बुझिएको छ ।

निर्माणबाट अभिनयमा भित्रीएकी अभिनेत्री झरना थापाले पनि धर्मसंकट, गोर्खाली,ए मेरो हजुर ,तक्दिरबाट हुदै दुई वर्षअघि ‘फेसबुक’ बनाइन् । ‘फेसबुक’ ले भने उनलाई डुबायो । अहिले फेरी उनि आफ्नै निर्देशनमा ‘ए मेरो हजुर–२’ बनाउने तयारिमा छिन् । पुरानी हिरोइन मौसमी मल्ल पनि आफुले निर्माण्ँ गरेको ‘गिरफ्तार’ हिट भएपछि छोरा बिक्कीलाई हिरो बनाएर ‘समय ‘बनाइन् ।

अभिनेत्री निर्मात्री जेनी कुबरले पनि घायल र हलचल दुई फिल्म निर्माण्ँ गरिन् । ‘घाटा भयो’ भन्दै अहिले विश्राम लिएकी छिन् भने अभिनयमा सफलता पाउदा पाउदै पलायन भएका हिरो निखीलले अहिले फर्किएर भैरव निर्माण्ँ गरेका छन् ।

फिल्म निर्माणमा लगातार सफल भइरहेकी अभिनेत्री हुन् रेखा थापा। जसले निर्माण गरेको ‘काली’ र ‘हिम्मतवाली’ व्यवसायिक रुपमा सफल ठहिरए । यता मल्टिप्लेक्सलाई टार्गेट गरेर ‘सोल सिस्टर’ निर्माण गर्दे निर्मात्रीको रुपमा प्रवेश गरेकी अभिनेत्री नम्रता श्रेष्ठलाई भने ‘पहिलो गासमै ढुङ्गा’ सरह भयो । गएको हप्तामात्र रिलिज भएको उनको फिल्मले नराम्रोसंग असफलता हासिल गर्यो ।

यी मात्र हैन माल्भिका सुब्बा ,ऋचा शर्मा र विनय श्रेष्ठ लगायतका धेरै कलाकारहरु अहिले अभिनयका अलवा चलचित्र निर्माणमा पनि छन् । यी सबैको एउटै आशा छ–  ‘मेरो चलचित्र सुपरहिट हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्