भिन्न-भिन्न गेटअपमा आर्यन : कतै दाह्री पाल्दै, कतै कपाल र दाह्री दुवै काट्दै



रंग खबर, काठमाण्डौं । भनिन्छ, दर्शकहरु कलाकारलाई भिन्न–भिन्न गेटअप र भुमिकामा देख्न चाहन्छन् । सायद यही भनाईलाई आत्मसाथ गर्दैै पछिल्लो समय नायक आर्यन सिग्देल विभिन्न भुमिका र गेटअपमा देखिन थालेको । छायांकनको क्रममा रहेको फिल्म ‘होमवर्क’ बाट केही दिनअघि आर्यनको नयाँ गेटअप बाहिरियो । जहाँ आर्यन फुलेको दाह्रीमा ६० वर्षको वृद्धको भुमिकामा देखिएका थिए ।

aryan gateups

यो गेटअपको सर्वत्र चर्चा भइरहँदा फेरी आर्यनको अर्को रुप बाहिरिएको छ । फागुन २२ बाट सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘पुनर्जन्म’ मा आर्यनले कपाल र दाह्री काटेको तस्विर बाहिरिएको हो । उक्त तस्विर हेर्दा आर्यन कसैको क्रिया बसेको झै लाग्छ । निर्माण पक्षले समेत आर्यनले फिल्ममा क्रिया बस्नुपर्ने भएकाले यसलाई ज्वलन्त देखाउन कपाल र दाह्री खौरेको बताएको छ ।

सत्य घटनामा आधारित भनिएको फिल्म ‘पुर्नजन्म’ ले मनोरञ्जनसंगै अहिलेको पुस्तालाई नेपाली राजनैतिक इतिहासको प्रसंग र पुराना संस्कृतिको बारेमा समेत जानकारी गराउने निर्माण पक्षले जनाएको छ । फिल्ममा मोहन कृष्ण श्रेष्ठसंगै भद्र बहादुर शाहीको पनि लगानी रहेको छ ।

aryan sigdel final

सजन श्रेष्ठको निर्देशन र सम्पादनमा बनेको यो फिल्ममा आर्यनसंगै केकी अधिकारी , गजित बिष्ट , सुस्मिता शाही , मिथिला शर्मा , विजय लामा , लाल्क्ष्मी गिरि , रश्मी भट्ट , देशभक्त खनाल , रुश्मा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई सुदर्शन श्रेष्ठले लेखेका हुन् ।

यसरी आर्यनलाई भिन्न गेटअपमा देखाएर प्रचारवाजी अगाडी बढाएको यो फिल्मले दर्शकको मन कत्तिको जित्ने हो । त्यो त रिलिज पछि थाहा भइनै हाल्छ ।

प्रतिक्रिया दिनुहोस्