१२ वर्षपछि करिष्मा निर्माणमा फर्कदै, शिल्पालाई लिएर ‘फागु’ बनाउने (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । नेपाली फिल्म नगरीमा सदाबहार अभिनेत्रीको रुपमा चिनिएकी नायिका करिश्मा मानन्धरले १२ वर्षपछि फिल्म निर्माणमा फर्किएकी छिन् । उनले हालै एक कार्यक्रमको आयोजना गरी ‘फागु’ नामक फिल्म निर्माण गर्ने घोषणा गर्दै फिल्मको शुभसाईत समेत गरिन् ।

karishma-shilpa-samjhana

करिष्माको ‘फागु’ लाई सम्झना उप्रेती रौनियारले निर्देशन गर्ने भएकी छिन् । करिष्माले फिल्मको शिर्ष भुमिकामा शिल्पा पोखरेल रहने जानकारी समेत दिइन् । फिल्म ‘फागु’ मा शिल्पासँगै नव–नायक सुवास पराजुली, राजेश हमाल, गौरी मल्ल, टीका पहारी, बसन्त भट्ट लगायतको अभिनय रहनेछ ।

यसअघि ‘कस्तुरी’, ‘ढुकढुकी’ र ‘बाबुसाहेब’ गरी तीन फिल्म निर्माण गरेकी करिश्माले ‘फागु’ फिल्म दर्शकको चाहनालाई ध्यानमा राखेर निर्माण गर्ने बताइन् । करिश्माले छोटकरीमा भनिन्, ‘दर्शकको चाहनालाई बुझेर कर्मसियल हिसाबले ‘फागु’ बनाउँछु ।’ करिश्मा पति एवं निर्माता विनोद मानन्धरले भने सबै कुरा मिलेकाले लामो समयपछि फिल्म निर्माणमा जुटेको बताए । उनले फिल्म सम्बन्धी टेलिभिजन कार्यक्रम ‘क्ल्याप वोर्ड रिलोडेड’ पनि चाँडै नै प्रशारणमा ल्याउने जानकारी दिए ।

fagu-team

फिल्मको लेखन समेत आफैंले गरेकी निर्देशक रौनियार उप्रेतीले ‘फागु’ बारे भनिन, ‘फिल्मको मुख्य कथा भनेको तराईमा हुने राजनीति र यसले एक परिवारलाई पार्ने असरमा आधारित छ ।’ फागुन १ गतेबाट छायाँकन सुरु हुने ‘फागु’ को विरगञ्ज र काठमाण्डूमा छायाँकन हुने उनले जानकारी दिइन् ।

बसन्त सापकोटाको संगीत तथा रामशरण उप्रेतीको छायाँकन रहेन फिल्म ‘फागु’ मा हिमाल केसीको द्धन्द्ध निर्देशन रहनेछ । ‘कलर्स अफ लाइफ’ अर्थात् ‘जिन्दगीका रंगहरु’ भनिएको ‘फागु’ मा ऋतु रानाको मेकअप तथा कमल राई र गोविन्द राईको नृत्य निर्देशन रहेनछ । सम्पादन वनिश शाहले गर्नेछन् । फिल्म ‘फागु’ को आइतबार राजधानीमा मूर्हत गरिएको छ । फिल्मका मुख्य कलाकारले मूर्हतमा सट दिएका थिए भने कानुनविद् सपना प्रधान मल्लले नरिवल फोरिन् । ‘फागु’ को मूहर्तमा करिश्माले फिल्म क्षेत्र र अन्य क्षेत्रका खास व्यक्तिलाई निमन्त्रणा दिएकी थिइन् ।

shilpa-karishma

प्रतिक्रिया दिनुहोस्