अमेरिकामा पनि जीवनको फिल्म जुध्ने । ‘ठूली’ र ‘स्टुपिड मन’ सँगै ‘भूल भूलैया’



रंग खबर, काठमाण्डौं ।

नेपालमा मात्रै होइन, नायक जिवन लुइँटेलको अमेरिकामा पनि फिल्म जुध्ने भएको छ । शो भैंरहेका ‘ठूली’ र ‘स्टुपिड मन’ सँगै जिवनको फिल्म ‘भूल भूलैया’ को पनि अमेरिकामा शो हुने भएको छ । मार्च महिनाको ७ तारिखमा अमेरिकाको टेक्सास शहरमा ‘भूल भूलैया’ को शो हुने निर्देशक योगेश घिमिरेले बताए ।

Jeewan

निर्देशक घिमिरेका अनुसार टेक्सास शहरमा निर्माता सुशिल कार्की र सहकर्मी लक्क्षू शर्माले ‘भूल भूलैया’ को शो आयोजना गर्दैछन् । जिवन उक्त शोको मुख्य आकर्षक हुने निर्देशक घिमिरेले बताए । चैत १३ गते नेपालमा प्रदर्शन हुने फिल्म ‘भूल भूलैया’ मा जिवन लुइँटेल, निता ढुङ्गाना र शोहित मानन्धरको मुख्य भूमिको रहेको छ । फिल्म प्रेम कथामा आधारित छ । अमेरिकामा ‘भूल भूलैया’ को शो सकेर जिवन मार्चको दोश्रो सातामा नेपाल फर्कनेछन् ।

गएको तीजमा जिवन अभिनित ‘शीशा’ र ‘ठूली’ फिल्म एकसाथ प्रदर्शनमा आएका थिए । जिवनका दुई फिल्म एकसाथ प्रदर्शनमा आउँदा निर्मातालाई व्यापारिक नाफा भने भएन ।

प्रतिक्रिया दिनुहोस्