‘भीमदत्त’मा नवल र सुमिनाको मायाको आभाष (गीति भिडियो)



रंगखबर, माघ १९ गते सोमबार

किसान नेता भिमदत्त पन्तको राजनीतिक जिवनी माथि निर्माण भएको फिल्म ‘भिमदत्त’ मा समावेश गीत रिलिज भएको छ । सार्वजनिक ‘वारी डाँडाँ’ बोलको गीतमा शिर्ष पात्र नवल खड्का, नायिका सुमिना घिमिरे र अन्य कलाकार प्रस्तुत भएका छन् । गीतले नवल र सुमिनाको मायाको मिठो आभाष र राष्ट्रियता सम्बन्धी शब्द बोल्छ ।

bb
राजेश पायल राई र सत्यकला राईको स्वर रहेको ‘भिमदत्त’ को सार्वजनिक गीतमा शब्द तथा संगीत मणि थापाको रहेको छ । मणी फिल्मका लेखक समेत हुन् । निर्देशक हिमग्याम लामा ‘टासी’ स्वयम्ले गीति भिडियोको निर्देशन गरेका छन् । विष्णु कल्पितको छायाँकन छ ।

bhimdatta-11
आउँदो फागुन २२ गते प्रदर्शन हुने फिल्म ‘भिमदत्त’ मा नवल र सुमिनासँगै नायिका निशा अधिकारी, रमेश बुढाथोकी, देशभत्त खनाल, रवि गिरी, श्रीराम पुँडासैनी, कविता शर्मा लगायतका कलाकारहरु अभिनय रहेको छ । प्रतापचन्द्र तामाङ, विष्णु तोवे, अनुराधा शाह, रामशरण बस्नेतको संयुक्त लगानी रहेको फिल्म ‘भिमदत्त’ को देश तथा विदेशमा व्यापक च्यारेटी भैरहेको छ ।

‘भिमदत्त’ को सार्वजनिक भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुस् ।

प्रतिक्रिया दिनुहोस्