१६ वर्षपछि दिपाश्रीले ‘वडा नम्बर ६’ मा कम्मर मर्काउँदा…(फोटोफिचर)



रंग खबर, काठमाण्डौं । १६ बर्षपछि हास्यअभिनेत्री दिपाश्री निरौलाले फिल्म ‘वडा नम्वर ६’ मा फेरी कम्मर मर्काएकी छिन् । १६ वर्षअघि उनले फिल्म ‘सुकुम्बासी’ को ‘घिनघिन मादल घन्कियो’ बोलको गीतमा यसरी नै कम्मर मर्काएकी थिइन् ।

deepa shree 2

लामो समयको अन्तरालपछि दिपाले दीपकराज गिरी र निर्मल शर्मा गैंडासँग सहकार्य गरेर संयुक्त रुपमा निर्माण गरेको फिल्म ‘वडा नम्वर ६’ को ‘थैलो खै, पटुकी खै ?’ बोलको गीतमा कम्मर मर्काएकी हुन् । यसअघि यही समुहले निर्माण गरेको फिल्म ‘६ एकान ६’ मा दिपाश्री शिर्ष गीतको एक दृश्यमा मात्रै देखिएकी थिइन् ।

deepa shree 3

१६ वर्ष अघि कम्मर मर्काएकी दिपालाई ‘वडा नं ६’ मा नाच्न त्यति सजिलो भने भएन । सोमबार मुलपानीको सुटिङ स्थलमा दिपा भन्दै थिइन्, ‘पहिले जस्तो सजिलो त कहाँ हुन्छ र ? गाह्रो भैरहेको छ । तर, गीत राम्रो बनेको छ, दर्शकले मन पराउनेमा ढुक्क छु ।’ दिपाले आफ्नी फिल्मकी हिरोइन प्रियंका कार्कीको नृत्य क्षमताको पनि खुलेर प्रशंसा गरिन् । शंकर विसीको कोरियोग्राफी रहेको यस गीतमा दिपा र प्रियंकासँगै दिपकराज गिरी, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, दयाहाङ राईले नृत्य पस्केका छन् ।

deepa shree 1

उज्जवल घिमिरे निर्देशित फिल्म ‘वडा नं ६’ मा दिपकराज गिरी, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, दयाहाङ राई, प्रियंका कार्की, नीर शाह लगायतको मुख्य
रहेको छ । बिशेष भुमिकामा निर्मात्री दिपाश्री निरौला पनि देखा पर्र्नेछन् । काठमाण्डू बाहिर न्यूनतम ३५ लाख रुपैयाँमा एफडि कम्पनीलाई वितरणको जिम्मा दिइएको ‘वडा नं ६’ लाई बैशाखको दोश्रो साता प्रदर्शनको लक्ष्य राखिएको छ ।

deepa shree 4

प्रतिक्रिया दिनुहोस्