डेढ करोड माथिको लगानीमा ‘ह्याप्पी डेज’ निर्माण हुने



रंग खबर, काठमाण्डौं । राजेन्द्र भट्टको लगानीमा फिल्म ‘ह्याप्पी डेज’ निर्माण हुने भएको छ । यो फिल्मलाई लेडी एक्सनले भरिपूर्ण फिल्म ‘हँसिया’ निर्देशन गरेका मिलन चाम्सले निर्देशन गर्ने भएका छन्  ।

news 1

फिल्म ‘ह्याप्पी डेज’ को सम्पूर्ण छायाँकन इंग्ल्यान्ड, स्कटल्यान्ड र बेल्जियममा हुने निर्देशक चाम्सको भनाई छ । उनका अनुसार ‘ह्याप्पी डेज’ को लगानी नै साढे एक करोड माथि हुनेछ । नेपाली फिल्म बजारमा ‘ह्याप्पी डेज’ को यो लागत उच्च जोखिम हो । मिलनले निर्देशन गर्ने दोश्रो फिल्म ‘ह्याप्पी डेज’ मा नेपालकै मल्टिस्टारको अभिनय रहनेछ । तर, औपचारिक कार्यक्रम मार्फत फिल्मका मल्टिस्टार सार्वजनिक गरिने निर्देशक चाम्सले बताए ।

दर्जन बढी म्युजिक भिडियो निर्देशन गरेका मिलनले आफ्नो पहिलो फिल्म ‘हँसिया’ मा भने मोडल हेमा श्रेष्ठलाई शिर्ष भूमिकामा लिएका थिए । चाम्स इन्टरटेनमेन्टको प्रस्तुती रहने फिल्म ‘ह्याप्पी डेज’ मा कोरियोग्राफर रेनेशा वान्तवा राईको कथा र निर्देशक गणेशदेव पाण्डेको स्क्रिप्ट रहनेछ । प्राविधिक भने हलिउडका अनुभवीलाई लिइने मिलनको योजना छ

प्रतिक्रिया दिनुहोस्