‘चंखे शंखे पंखे’ को रमाईलो गीत ‘फेसबुकले विचल्ली पार्यो नि’ सुन्नुस्



रंग खबर, काठमाण्डौं । प्रतिक्षित फिल्म ‘चंखे शंखे पंखे’ को ‘फेसबुकले विचल्ली पार्यो नि’ बोलको अडियो गीत सार्वजनिक भएको छ । आउँदो बर्षको जनै पूर्णिमामा रिलिज गर्ने उद्धेश्य बोक्दै फिल्मको अडियो गीत युट्यूबाट सार्वजनिक गरिएको बताइएको छ ।

10956593_939029362781686_35390432_n (1)

सुर्दशन थापाको निर्देशन रहेको यो फिल्म बर्षकै सर्वाधिक बजेटमा बनेको निर्माण पक्षले दावी गर्दै आएको छ । फिल्मलाई नयाँ निर्माताका रुपमा भित्रिएका ब्यावसायी सन्तोष सेनले निर्माण गरेका हुन । निर्माता सेनले हरेक बर्ष उच्चकोटीका फिल्म निर्माण गर्ने उद्घोष गरिसकेका छन् ।

chankhe Shankhe Pankhe for Media

‘बब्ली गर्ल’ पूजा शर्मा हिरोइन रहेको यो फिल्ममा सुर्दशन सहित सुवास थापा र प्रेम पुरीको मुख्य अभिनय रहेको छ । सोसियल मिडिया फेसबुक माथि एक नारायण भण्डारीले कोरेको ‘चंखे शंखे पंखे’ गीतमा रुपक डोटेल, भीम लिम्बु र रुकमान लिम्बुको स्वर छ । गीतमा संगीत तारा प्रकाश लिम्बुले भरेका छन् ।

तलको लिंक क्लिक गरेर गीत सुन्नुस् :
[its_video]http://youtu.be/7X5_kfDAOY0[/its_video]

 

प्रतिक्रिया दिनुहोस्