‘वाने वे’ शिर्ष गीत सार्वजनिक, यस्तो छ सिद्धार्थ र मालाको रोमान्स (भिडियो)



रंग खबर, काठमाण्डौं । आउँदो फागनु १ गते देखि सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘वान वे’ को शिर्ष गीत सार्वजनिक गरिएको छ ।

liplock

गीतमा नव कलाकारद्धय माला सुब्बा र सिद्धार्थ गुरुङको लिपलक देख्न सकिन्छ । नव जोडीको लिप लकसँगै ‘‘वान वे’ को शिर्ष गीतको भिडियोमा रोमान्स र केही संवाद सहित भागदौड अनि मारपिटलाई देख्न सकिन्छ । रविन एण्ड द् न्यू रिभोलुसनको शब्द तथा संगीत रहेको सार्वजनिक ‘वान वे’ को शिर्ष भिडियोमा रविन तामाङ र टिम अनि अभिनेत्री करिश्मा मानन्धर पनि फिचरिङ छन् ।

आरसी पिक्चर्सको प्रस्तुतीमा राजकुमार राईले निर्माण गरेको फिल्म ‘वान वे’ युवा पुस्ता र लागु पदार्थ दुव्र्यसनीमा आधारित छ । सुरज सुब्बा नाल्बो निर्देशित फिल्मको पटकथा एवं संवाद डा.प्रदीप भट्टराईले लेखेका हुन् ।

Watch Song Here :-
[its_video]http://youtu.be/m4FTIUjWCd8[/its_video]

 

प्रतिक्रिया दिनुहोस्