‘मिशन पैसा २’ ले पायो पिजी प्रमाण पत्र । निर्माता वाग्लेको आक्रोश



रंग खबर, काठमाण्डौं । आगामी फागुन १५ देनि सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘मिशन पैसा २’ सेन्सर पास भएको छ । यो फिल्मलाई सेन्सर वोर्डले पिजी अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र उपलब्ध गराएको छ ।

mission

आफ्नो फिल्मलाई सेन्सरले पिजी प्रमाण पत्र उपलब्ध गराएकोमा निर्माता माधव वाग्लले आक्रोश पोखेका छन् । उनले सेन्सर वोर्डमा फिल्म नबुझेका व्यक्ति भएको भन्ने आरोप समेत लगाए । फिल्मको केही दृश्यमा ब्लर र केही संवादमा म्यूट हाल्नु पर्ने आदेश सेन्सर सदस्यले दिएको निर्माता वाग्लेको भनाई छ ।

यता सञ्चार मन्त्रालयका अधिकृत सुरेश खनालले भने फिल्म ‘सिमन पैसा २’ मा धेरै मात्रामा अपशब्द र छुरी हानिएको दृश्यका कारण उक्त फिल्मलाई पिजी प्रमाण पत्र दिइएको स्पष्ट पारे । विकास वोर्डको समेत सहभागीतामा फिल्म क्षेत्रकै व्यक्ति रहंदा रहंदै सेन्सर वोर्डमा फिल्म बुझेका व्यक्ति भएनन् भन्ने आरोप लगानउन नपाइने समेत उनले बताए ।

सिमोश सुनुवार निर्देशित फिल्म ‘मिसन पैसा २’ मा निशा अधिकारी, आमिर गौतम, रेश मरठ्ठा र हर्षिका श्रेष्ठको मुख्य भूमिका रहेको छ । एक्सन कमेडी फिल्मको कथा प्रचण्डमान श्रेष्ठले लेखेका हुन् । यो फिल्ममा माधव वाग्ले र नरेन्द्र महर्जनको संयुक्त लगानी रहेको   छ ।

Watch Trailer Here :-

[its_video]http://youtu.be/UkjJyaVk8sc[/its_video]

 

प्रतिक्रिया दिनुहोस्