शुक्रवारे मैदानमा ‘लोग्ने मान्छे’, ‘रथ’, ‘इस्केप’ र ‘सुनपानी’ भिड्दै



रंग खबर, काठमाण्डौं, माघ २३–

शुक्रवार (आज) बाट चार नेपाली फिल्महरु प्रदशर्नमा आएका छन् । ‘लोग्ने मान्छे’, ‘रथ’, ‘इस्केप’ र ‘सुनपानी’ एकसाथ मैदानमा उत्रिएका हुन् । यि चारवटै फिल्मका निर्माताहरु आफ्नो फिल्मलाई दर्शकले मनपराउनेमा ढुक्क छन् । यद्धपी प्रचारप्रसारका आधारमा सिंगल स्क्रिनलाई टोर्गेट गरिएको ‘लोग्ने मान्छे’ अरु भन्दा अगाडी देखिएको छ । हामीले चारवटै फिल्मको तल छोटकरीमा समिक्षा गरेका छौं :-

friday release

लोग्ने मान्छे
logne manchy
सिंगल स्क्रिन टार्गेटेड ‘लोग्ने मान्छे’ लाई लय संग्रौलाले निर्देशन गरेका हुन् । दीलप रायमाझी र नन्दिता केसीको मुख्य अभिनय रहेको यो फिल्मले नारी सम्मानको वकालत गरेको बताइएको छ । कलाकार उत्तम केसीको परिकल्पना रहेको यो फिल्ममा श्रीमान र श्रीमतीको सम्बन्ध अनि सम्बन्धमा आउने उतार चढावलाई मुख्य रुपमा उठाइएको छ । युनिभर्सल प्रमाणपत्र पाएको यो फिल्म आफ्नो करिअरको ‘टर्निङ पोइन्ट’ हुने दिलिप र नन्दिताले बताउँदै आएका छन् । उनीहरु दुवै यो फिल्मबाट धेरै आशावादी छन् । चेतन सापकोटाले संगित दिएको यो फिल्मलाई कृष्ण श्रेष्ठले खिचेका हुन् ।

सुनपानी
sunpaniयो फिल्मले सामाजिक तथा जातिय छुवाछुत अन्त्यको सन्देश बोकेको छ । बाग्लुङको एउटा बस्तीमा मगर र ब्राह्मण जातीको एक परिवारमा घटेको सत्य घटनालाई आधार बनाएर यो फिल्म तयार पारिएको बताइएको छ । सविन वास्तोला ‘गिरधारी’ को डेब्यु निर्देशन र चेतबहादुर सिंह ‘राजा’ को निर्माणमा बनेको यो फिल्ममा निर्देशक बास्तोला र निर्माता सिंहका साथमा नवीन तिमिल्सिना, आशा भुसाल, तारा केसी, अग्रज केसी, बद्धिसागर खनाल, दिलीप तामाङ, स्वस्तीका लामिछाने, निशा शाह, स्मृति पाण्डे, लक्ष्मण लम्साल लगायतका कलाकारले अभिनय गरेका छन् । प्रचारप्रसारमा नदेखिएपनि यो फिल्म तीनवटा फिल्मसंग जुध्दै छ । च्यारिटी शोबाटै आफ्नो लगानी सुरक्षित गरिसकेकाले यो फिल्मका निर्माता तीनवटा फिल्मसंग जुधाउन तयार भएको बुझिएको छ ।

इस्केप
escape
लामो समयदेखी सिनेमा सम्पादनमा सक्रिय अनन्त घिमिरेको एक्शन कटमा तयार भएको यो फिल्मले सामाजिक जनचेतनाको आवाज बोकेको बताइएको छ । दुव्र्यसनीको कथा बोकेको यो फिल्ममा यूवा अभिनेता प्रदिप खड्का , रिमा विश्वकर्मा, कमल श्रेष्ठ, रश्मी भट्ट, मुक्त अचार्य लगायतको मुख्य अभिनय रहेको छ । कमल श्रेष्ठले निर्माण गरेको यो फिल्मलाई सोसल ड्रामा र थ्रीलर जनराको फिल्म भनिएको छ । फिल्ममा अभिनेता खड्काकै कथा रहेको छ । यो फिल्म मल्टिप्लेक्स टार्गेट हो । अन्य तीन फिल्म विशेषगरी सिंगल स्क्रिन टार्गेटेड हुन् ।

रथ
krish bata
फिजल इन्टरटेन्मेन्टको प्रस्तुती र कैलाश अधिकारीको निर्देशनमा बनेको ‘‘रथ’ मा आरजु अधिकारी, शर्मिला राई , बिशाल प्राख्रेल , बिनय भट्ट लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । फिल्मलाई श्याम लावती, दिपेन्द्र धिताल, अजितराई ले निर्माण गरेका हुन् भने सुरेश चौधरीले लेखेका हुन् । म्युजिक लभ स्टोरी भनिएको यो फिल्म बलिउडको ‘क्रिश’ बाट प्रभावित भएर बनाइएको फिल्म भनिएको छ । सार्वजनिक टिजर हेर्दा यो फिल्ममा एनिमेशनको धेरै प्रयोग भएको आभाष हुन्छ । फिल्मको पोष्टरमा समेत रितिक रोशनको ‘क्रिश’ को पुर्ण रुपमा कपि गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्