सामाजिक कार्यमा निर्मात्री तामाङ्ग । १८ बिद्यार्थीलाई खाद्यन्न, लत्ता कपडा वितरण



रंग खबर, काठमाण्डौं । पछिल्लो समय नेपाली कलाकारहरु अभिनय र समाजसेवालाई एकसाथ अघि बढाउन थालेको छन् । अब यसकै सुचीमा निर्मात्री तथा नवनायिका आशिका तामाङको नाम समेत थपिएको छ । मोड्लिङ हुदै चलचित्र निर्माणमा अघि बढ्दै गरेकी यी सुन्दरी नायिकाले शनिबार गृह जिल्ला धादिङ्को गजुरी स्थित भद्रकाली गुरुकुल सस्कृत बिद्यालयमा आश्रित १८ बिद्यार्थीलाई खाद्यन्न तथा लत्ता कपडा सहित स्टेसनरी समान वितरण गरेकी छिन् ।
ashika tamang 3

भद्रकाली सामुदायिक बिकास समाजको १४ औ बार्षिक साधारण सभाको अवसरमा आयोजित उक्त कार्यक्रममा शिक्षा मन्त्रालयका सह प्रबक्ता डा.रोज नाथ पाण्डे,समाजका अध्यक्ष एक राज पाण्डे, गुरुकुल सस्कृत बिद्यालयका अध्यक्ष बलराम त्रिपाठी समाजसेबी प्रमोद शर्मा लगायत उपस्थती थिए ।

ashika tamang 4

केहि वर्ष देखि जर्मनी बस्दै आएकी आशिका पछिल्लो समय चलचित्र निर्माणका लागि नेपाल आएकी हुन् । यो समयमा उनले समाज सेवामा चासो देखाएकी छिन् । उक्त कार्यक्रममा उनले भनिन् – ‘विदेशमा कमाएको केहि रकम सामाजिक कार्यमा लगानी गर्न चाहन्छु । मेरो सानो सहयोगले सामाजिक कार्यमा सानो इट्टा थप्ने काम मात्र हुन्छ ,थोपा थोपाले सागर बने झैँ सबैले सहयोग गर्ने हो भने आफ्नो गाउँ घरमा बिकाश हुन्छ भने गरिब तथा असहाय र अशक्तहरुले पनि जीवन जिउन राहत पाउछन् त्यसर्थ सामाजिक कार्यमा चासो देखाएकी हु ।’

ashika tamang 2

प्रशस्त पैसा कमाएर दान गर्न आएकी होइन,धन भन्दा ठुलो मन हो’। उनले भनिन् । युवाहरुलाई लक्षित गर्दै भनिन् सक्षम युवाले आफ्नो गाउँ ठाउँ र सामाजिक संघ सस्थालाई हेर्नु पर्छ हामीले नगरे कसले गर्ने हरेक ठाउमा सरकारको मात्र मुख ताक्नु राम्रो होइन । उनको आसय जे जति सकिन्छ युवाहरुले पनि सामाजिक कार्यमा सहभागी हुनुपर्छ भन्ने थियो ।

aashika tamang

आशिकाको एकल लगानीमा निर्माण हुने चलचित्र आउदो चैत्र अन्तिम देखि छायांकनमा जादैछ भने एक अनटाइटल फिल्ममा मुख्य नायिकामा समेत अनुबन्धित भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्