अंग प्रदशर्न गरेर चर्चा कमाउन खोज्ने नेपाली हिरोइनहरु । कोही पलायन, कोही स्थितीमा !



रंग खबर, काठमाण्डौं । चलचित्र आफै ग्ल्यामर क्षेत्र हो । यस क्षेत्रमा ग्ल्यामरका नाममा अंग प्रदर्शन गरेर चर्चा कमाउन प्रबेश गर्ने थुप्रै हिरोइन् छन् ति मध्य अधिकांश छोटै समय पलायन भएको पाइन्छ भने केही पलायनका्े स्थितीमा छन् । भल्गर र ग्ल्यामर बिच फरक छुट्याउन नसक्ने ढिलाचाँडो पलायन निश्चित हुन्छन् नै ।

heroines

करिब चार वर्ष अगाडि चलचित्र ‘दुलही’ मा सोझी युवतीको भूमिकाबाट अभिनयमा देखिएकी हिरोइन हुन् सुमिना घिमिरे । तर, यो चलचित्रले उनलाई पर्याप्त चर्चा दिलाएन । रातारात हिट हुने लोभमा उनले अंग प्रदर्शनको बाटो रोजिन् । स्टार, लभ फरेभर, नाइन ओ क्लक लगायतका थुप्रै चलचित्रमा कामुक अवतारमा उत्रिने उनलाई अन्तत : यी अवतारले नाम होइन, बदनाम दिलायो । त्यसैले उनी अब फिल्म नखेल्ने खबर बाहिरिसकेको छ । अंग प्रदर्शनका कारण करिअर डामाडोल भएका अभिनेत्री मध्यकी एक विनीता बराल पनि हुन् । ‘चपली हाइट’ मा अंग प्रर्दशन गरेर रातारात हिट भएकी उनले अन्य चलचित्रमा त्यस्तै गर्न खोज्नु उनका लागी गलत साबित भयो ।

divorce
नेपाली फिल्म ‘डिभोर्ष’ को एक दृश्य 

हुन त ‘पलपलमा’ की सुजाता सिटौला र ‘हट केक’ भनिने बिन्दासकी सुष्मा कार्कीका उत्तेजक दृश्यको चर्चा धेरैले गरे तर उनलाई चलचित्र दिने आट कसैले गरेनन् । यस्तै ‘किन किन’ मा कामुक अभिनय गरेका दुई हिरोइन अरुणिमा लामा र शशी खड्काको पनि अहिले अत्तोपत्तो छैन । ‘किन किन’ मा ब्याकलेस न्युड दृश्य समेत दिएकी अरुणीमाको चलचित्रमा जवानीको जादु चलेन । त्यसो त चुम्बन गरेर एकाएक चर्चामा आएकी सोनिया केसी पनि अहिले अभिनयमा छैनन् ।

atm
यी त उदाहरण मात्र हुन् चलचित्र क्षेत्रमा यस्ता धेरै अभिनेत्री छन् जसले अंग प्रर्दशनलाई माध्यम बनाउदा बदनाम कमाएर पलाएन हुन बाध्य हुनु परेको छ । जसमा अनिशा गुरुङ ,एटीएम गर्ल जिया केसी, सविना कार्की र सोनिया शर्मा, शोभिता सिम्खडा, बबी रोजा र स्मिता थपलिया , मोनिका दाहाल, महिमा सिलवाल आदी पर्न आउछन् ।

प्रतिक्रिया दिनुहोस्