आयो कालपञ्चमीको नाममा बलि दिने ‘झिग्राना’ को थ्रिलर ट्रेलर (भिडियो)



रंग खबर, काठमाण्डौं । आगामी फागुन २२ गतेबाट सार्वजनिक प्रदशर्नमा आउने फिल्म ‘झिग्राना’ को ट्रेलर सार्वजनिक गरिएको छ । सस्पेन्स तथा थ्रिलर कथा बोकेको यो फिल्मको ट्रेलर समेत डरलाग्दो र सस्पेन्स छ ।
jhigrana

ट्रेलर हेर्दा फिल्मले एक गैह्रसरकारी संस्थाका कर्मचारीहरुको समूहले नेपालको दुर्गम भागमा काम गर्ने क्रममा भोग्ने रहस्यमय घटनाहरुलाई उतारिएको पाइन्छ । यात्राको क्रममा ‘झिग्राना’ नामको गाउँमा यो टोली बास बस्छ । त्यो गाउँमा एउटा कुख्यात हत्याराले कालपञ्चमीको नाममा मानिसको बलि दिन्छ । यही समुहले ‘झिग्राना’ गाउँमा भोगेको विभिन्न रहस्यमय घटनालाई चलचित्रमा उठान गरिएको निर्माण युनिटले जनाएको छ ।

jhigrana 2

पासाङ लामाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा हना गेस्चिव्स्की, निकुन श्रेष्ठ, मेनुका प्रधान, ज्योती कार्की, शान्ती गिरी, दिवाकर पिया, बिना पाण्डे, अरुण रेग्मीको मुख्य भूमिका छ । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, इमान विक्रम शाहको संगीत तथा पाश्र्वगायन छ ।

फिल्मको ट्रेलर हेर्न तलको लिंक क्लिक गर्नुहोस् :-

[its_video]http://youtu.be/T_ioehoUVF4[/its_video]

 

प्रतिक्रिया दिनुहोस्